काठमाडौं : रुसी सेनाले युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। युरोपकै सबैभन्दा ठूलो जेपोरजिया परमाणु ऊर्जा केन्द्रमा रुसी सेनाले निरन्तर आक्रमण गरिरहेको युक्रेनी अधिकारीहरुले जनाएका छन्। आक्रमणका कारण ऊर्जा केन्द्रको बाहिरी भागमा आगो लागिरहेको तर केन्द्र अहिलेसम्म सुरक्षित रहेको बताइएको छ। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ऊर्जा केन्द्रमै विस्फोट भए ठूलो क्षति हुने भन्दै तत्काल गोलाबारी रोक्न आग्रह गर्नुभएको छ। यो ऊर्जा केन्द्र ध्वस्त भए युक्रे