मेरो नाम रिता पाण्डे हो । अहिले उमेरले ५५ वर्ष लागेँ । जीवनमा थुप्रै हन्डर र ठक्कर खाएँ । निकै दुःख पाएँ । तर दुःखसुख त जीवनको चक्र नै रहेछ ।
श्रीमान् कमाउन परदेश गएपछि अब त सुखका दिन आउलान् नि भन्ने थियो । कति सपनाहरू थिए । सोचेजस्तै नहुने रहेछ ।
खुसी देला भन्ठानेको परदेशले मेरो श्रीमानको प्राण नै लियो ।
२०७५ सालमा मेरो श्रीमान् रामेश्वर रोजगारीका लागि मलेसिया जानुभएको थियो । मलेसियामा काम सुपरभाइजरको गर्छु भन्नुहुन्थ्यो । गाउँकै एजेण्टले पठाएको भए पनि काम र कमाइ राम्रो थियो । तर त्यहाँ पुगेको एक वर्ष...