काठमाडौं (अस) । सानिमा लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ । सम्झौतापत्रमा सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे । सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानीलगायत लगानी ट्रान्सफरसम्बन्धी कारोबार बैंक खाताबाट सोझै गर्न सकिनेछ । यी सबै कारोबार सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीका बैंक खाताबाट हुनेछन् ।