जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आइतबार बिहान जनकपुरधाममा बसेको जसपा नेपालको बैठकमा उनको नाममा टिकटको टुङ्गो लाग्ने सम्भावना नदेखेपछि उनका कार्यकर्ताहरूले जसपाका शीर्ष नेताहरूमाथि हातपात नै गरेका थिए ।बैठकमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य गजाधर रोहिता यादव, जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव,