काठमाण्डाै - संसदीय विशेष छानबिन समितिले नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाकै विज्ञहरूबाट अर्थमन्त्रालयले उपलब्ध गराएको सीसीटीभी फुटेजबारेको प्रतिवेदनबारे जानकारी लिने भएको छ ।
बिहान बसेको समितिको बैठकले प्रहरीले बुझाएको प्रतिवेदन खोलिए पनि त्यसको विश्लेषण भने विज्ञहरूबाटै गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
प्रतिवेदनमा भएका कुराको विश्लेषण गर्न आजै दिउँसो ४ बजे पुनः समितिको बैठक बस्ने छ । समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का ल...