खर काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएका शैल्यशिखर नगरपालिका–४ काडापारीका ६४ वर्षीया झुम्तीदेवी धामीको सोमबार गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ । आइतबार बिहान यातायातको पहुँच भन्दा चार घण्टा टाढाको भिरबाट लडेर टाउको, शरीर र खुट्टामा चोट लागेका धामीलाई अस्पताल पुर्याउन गाउँमा स्टेचर समेत नपाएपछि आफन्तले पिठ्युमा बोकेर दिउँसो रानिशिखर स्वास्थ्य चौकीमा पुर्याएका थिए ।