एजेन्सी – इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जनाको मृत्युसँगै अन्य दर्जनौँ घाइते भएको डा. वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी.सिन्ह्वालाई फोनमार्फत बताएका छन्। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।