भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको थियो । उक्त स्थानमा उद्धार कार्य जारी रहेको र १३ जनाको शव पानीबाट बाहिर निकालिएको छ भने १५ जनालाई सकुशल उद्धार गरिएको छ ।बसमा ५५ जनाले यात्रा गरिरहेको अपुष्ट जानकारी मिलेको स्थानीय प्रहरी अधिकारीले बताए । “महाराष्ट्रको दक्षिण पश्चिमी राज्य इन्डोर शहरबाट महाराष्ट्रका लागि छुटेको थियो । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानका अनुसार पाँच जना