नेपाल फाइनान्सले वैशाख ३ गते आव्हान गर्‍यो साधारण सभा, मर्जर तथा प्राप्ति प्रस्ताव

चैत १०, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले वैशाख ३ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ९ गतेको सञ्चालक समितिको बैठकले होटल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । साथै संस्थापकतर्फबाट चार जना र सर्वसाधारण तर्फबाट एक जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम पनि सभाका लागि तय भएको छ ।  सभाको विशेष प्रस्तावमा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि तय भएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डको अनुमति पाएको कम्पनीले यस वर्ष पनि लाभांश प्रस्ताव गरेको छैन । आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यस पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन । गत कात्तिक १ गते ७० प्रतिशत हकप्रद शेयर विक्रीका लागि निवेदन दिएको कम्पनीले चैत ८ गते बोर्डको स्वीकृति पाएको छ । स्वीकृति पाएसँगै कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यो हकप्रद शेयर विक्रीको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ ।  नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्त पश्चात कायम भएको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ । 

सम्बन्धित सामग्री

मर्जर प्रस्ताव पारितका लागि बिपिडब्लु लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज ३० गते विशेष साधारण सभा बोलाएको छ । असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुर जाउलाखेलस्थित होटल ले बगैंचाको सभाहलमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले सामुदायिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रस्ताव पारित गर्दै मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । यस्तै, सभाले मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि १ बराबर शून्य दशमलव ८५३५ को शेयर स्वाप रेसियोबारे सहमति भएको छ । विशेष साधारण सभामार्फत शेयर स्वाप रेसियोलाई समेत स्वीकृति प्रदान गरिनेछ । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् । सामुदायिक लघुवित्तले पनि बिपिडब्लु लघुवित्तसँग मर्जर प्रस्ताव पारितका लागि असोज ३० गते नै विशेष साधारण सभा बोलाएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मर्जर प्रस्ताव पारित गर्न नेरुडे लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न आगामी वैशाख १० गते विशेष साधारण सभा बोलाएको छ ।  कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्दैछ । उक्त कम्पनीले  सभा उद्योग संगठन मोरङ को सभाहलमा विहान १० बजे गर्ने छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रस्तावसँगै कम्पनीले मर्जरका लागि आवश्यक बाँकी कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारीसमेत दिनेछ । यी दुवै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका कम्पनी हुन् ।समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका दुई कम्पनीमध्ये नेरुडे लघुवित्तको रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरे लघुवित्तको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । गत पुस ११ गते मर्जरमा जाने प्रारम्भिक सहमति गरेका दुवै कम्पनीले अन्तिम सहमतिपछि छुट्टाछुट्टै विशेष साधारण सभा आह्वान गरेका छन् । विशेष साधारणसभा मार्फत् मर्जरको विशेष प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू हुने छ ।

मर्जर कमिटी गठन गर्दै महालक्ष्मी लाईफको विशेष साधारण सभा सम्पन्न

काठमाडौं, २७ बैशाख । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका हुन् । कम्पनीका अध्यक्षले पानसमा बत्ती बालेर उद्घाटन गरेका सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको […]

बंगलादेश बैंकसँगको मर्जर टुङ्गो लगाउन नबिलले बोलायो विशेष साधारण सभा

नबिल बैंकले आगामी जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । यसअघि नेपाल बंगलादेश बैंक (एनबीबी) लाई प्राप्ति गर्ने सहमति भएसँगै अघि बढेको सबै प्रक्रियालाई अन्तिम टुङ्गो लगाउन बैंकले विशेष साधारण सभा बोलाएको हो ।सभामा नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति र समाहित हुने मुद्दामा नै केन्द्रित हुने र सो सम्बन्धमा हालसम्म भएका सबै प्रक्रियालाई अनुमोदन गरिने बैंकले बताइएको छ । यसअघि बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।जेठ ७ गतेलाई विशेष साध

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न

नारायणी डेभलपमेन्ट बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आव २०७८÷०७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा […]

इन्भेष्टमेन्ट बैंकले माघ ४ गते डाक्यो विषेश साधारण सभा

काठमाडौं, १५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विषेश साधारण सभा बोलाएको छ । बैंकको विषेश साधारण सभा माघ ४ गते दरवारमार्ग, काठमाडौं स्थित बैंकको केन्द्रिय कार्यालयमा विहान ११ बजे बोलाइएको हो । सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभ्न गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंकले […]

सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै

सानिमा बैंकको १७औंं वार्षिक साधारण सभा आज (आइतबार) हुँदै छ। बिहान ११ बजे बालुवाटारमा  हुने सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।  सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ ।

ग्रामीण विकास लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, ६ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सम्पन्न भएको हो । सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाबाट संस्थापक समुह अन्तर्गतका […]

बिपिडब्यु लघुवित्तको बिशेष साधारण सभा भदौ १३ गते

काठमाडौं, ३२ साउन । बिपिडब्यु लघुवित्त वित्तीय संस्था लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले भदौ १३ गते आफ्नै कार्यालय बनेपामा सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको बिशेष सभाले मर्जर तथा प्राप्ति सम्बन्धि विविध विषयमा छलफल गर्ने लगायतका प्रस्ताव सभामा पेश गरिने जनाइएको छ ।

युनिक नेपालको साधारण सभा रोकियो

काठमाडौं, २४ बैशाख । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ गतेका लागि तय गरिएको साधारण सभा स्थगित भएको छ । कम्पनीले आज एक सुचना जारी गर्दै पहिलो विशेष सभा अध्यक्ष र कार्यकारी निर्देशक दुबैजना अस्वस्थ्य भएकोले पुर्वनिर्धारित विषयवस्तु यथावत रहने गरी सभा जेठ ४ गतेको लागि सारिएको जनाएको छ । अन्य वित्तीय सस्थासँग मर्जर […]