मर्जर प्रस्ताव पारित गर्न नेरुडे लघुवित्तले बोलायो विशेष साधारण सभा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न आगामी वैशाख १० गते विशेष साधारण सभा बोलाएको छ ।  कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्दैछ । उक्त कम्पनीले  सभा उद्योग संगठन मोरङ को सभाहलमा विहान १० बजे गर्ने छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर गर्ने प्रस्तावसँगै कम्पनीले मर्जरका लागि आवश्यक बाँकी कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारीसमेत दिनेछ । यी दुवै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइसकेका कम्पनी हुन् ।समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका दुई कम्पनीमध्ये नेरुडे लघुवित्तको रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरे लघुवित्तको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ । गत पुस ११ गते मर्जरमा जाने प्रारम्भिक सहमति गरेका दुवै कम्पनीले अन्तिम सहमतिपछि छुट्टाछुट्टै विशेष साधारण सभा आह्वान गरेका छन् । विशेष साधारणसभा मार्फत् मर्जरको विशेष प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू हुने छ ।