काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा इतर रामचन्द्र पौडेल पक्षले फास्ट ट्र्याकबाट भए पनि निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने जिकिर गरेको छ। आगामी साउन २८ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशीलको विवाद समाधान गर्नुपर्ने र कांग्रेसका ८ तहका अधिवेशनलाई चार तहमा छोट्याएर भए पनि समयमै महाधिवेशन गर्नुपर्ने पौडेल पक्षले जिकिर गरेको छ। वडा, संघीय निर्वाचन क्षेत्र, प्रदेश र संघको […]