काठमाडौं : नेपाल सरकारले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ। पाकिस्तानमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको भन्दै सहयोग स्वरूप २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिन लागेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोख्रेलले जानकारी दिए।
भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राहत सामग्री दिने निर्णय गरेको थियो। पाकिस्तान सरकारले…