काठमाडौं । नेपाल सरकारले पाकिस्तानको बाढीपीडितलाई २ करोड बराबरको राहत सामग्रीहरू प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को भदौ २१ को बैठकले यो निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो कुरा जनाएको छ । ‘मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीबाट धनजनको ठूलो क्षति भएको प्रति नेपाल सरकार दुःख व्यक्त गर्दछ । उक्त विपद्मा […]