विश्वभरिका महिलाहरूले मार्च आठलाई धुमधामले मनाउँछन्। महिलाका हकहितका लागि शक्तिशाली नारा र चर्को आवाज उठाउँछन्। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका दिन पनि यस्तै भयो। तर ललितपुर पाटनढोकास्थित याला माया केन्द्रमा आठ मार्चको अपरान्ह अन्तर्राष्ट्रिय नारी दिवसलाई उत्सवको रूपमा मनाउने कि नमाउने भन्ने बारे गम्भीर विचारविमर्श चल्यो। ‘बिल्डिङ ब्रिज फर वुमनस् इम्पावरमेन्ट एण्ड डाइभरसिटी’ नामक कार्यक्रममा […]