काठमाडौं । छयाङ्दी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जेठ २२ गते निवेदन दिएको हो ।
कम्पनीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख रहेको छ । हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको पूँजी रू. ७७ करोड ३९ लाख पुग्नेछ ।