प्रदेश २ सरकारले विश्वविद्यालय स्थापनासम्बन्धी दुईवटा अध्यादेश सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मंगलबार सम्पन्न भएको बैठकले प्रदेश २ को वीरगन्जमा वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्ने सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ ।कृषि तथा प्राविधिक सम्बन