दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य छ । काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेको वायुसेवा कम्पनी बताउँछन् । सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो । अधिकतम भाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुको चाप छैन । नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन । एयरलाइन्सलाई सस्तो टिकटमा पनि यात्रु पाउनै मुस्किल छ ।

सम्बन्धित सामग्री

‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल

कालीगण्डकीमा दुई दशकअघिदेखि सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाका लागि निर्माण गरिएको बाँधबाट बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन गरिएको थियो । कालीगण्डकी नदीको वारिपारि लोकमार्ग र कोरिडोर निर्माण भएपछि यात्रुले बस, जिप, अटोलगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्टिमर व्यवसाय समस्यामा परेको हो ।

जल यातायातलाई यात्रु पाउन मुस्किल

कालीगण्डकीमा सञ्चालित जल यातायात सेवा ‘स्टिमर’ ले यात्रु पाउनै मुस्किल हुन थालेको छ । नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा छ ।

रेसुंगा विमानस्थलमा जहाजको टिकट पाउनै मुस्किल

१४ सीट क्षमताको जहाजमा ५४ भन्दा बढी टिकटको माग सम्झौता अनुसार हप्ताको दुइपटक अनिवार्य उडान नहुँदा यात्रु मर्कामा गत शुक्रबार गुल्मीको रेसुंगा विमानस्थलबाट पहिलो व्यवसायीक उडान भयो । चार दशकको जहाज चढ्ने सपना...

काठमाण्डौ उपत्यका छाड्ने यात्रुको चाप : टिकट पाउनै मुस्किल, सडक अस्तव्यस्त

काठमाण्डौ – काठमाण्डाै उपत्यकामा बिहीवारदेखि १५ दिनसम्म निषेधाज्ञा लागू हुने भएपछि घर फर्कने यात्रुको सङ्ख्या बढेको छ । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गाबाट पछिल्लो २४ घण्टामा मात्रै ५० हजारभन्दा धेरै यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।   पछिल्ला दुई, तीन दिनमा दुई लाखभन्दा धेरै यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले आज झन् धेरै चाप बढेको बताउनुभयो ।  यात्रुको सङ्ख्या बढेकाले बिहानैदेखि सड...