काठमाडौं : जेष्ठ, अशक्त र गम्भीर रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरिएको कोषका लागि काठमाडौं महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखालाई १५ लाख रुपैयाँ सहयोग गरेको छ।शनिबार काठमाडौं जिल्ला शाखाको २२ औँ साधारणसभामा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरूलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरे।