सरकारले घोषणा गरेको छ महिनापछि ‘किसान क्रेडिट कार्ड’ किसानको हातमा पुगेको छ । बुधबार आयोजित कृषि विकास बैङ्कको ५४औँ वार्षिकोत्सव समारोहमा २० जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ हस्तान्तरण गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्कले तयार गरेको ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै कृषि क्षेत्रमा नयाँ प्रविधि प्रयोगले आमकिसानलाई प्रविधिमैत्री बन्न मद्दत पुग्ने अपेक्षा गर्नुभयो ।
नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गरिएको थियो । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषि विकास बैङ्कलाई
सुम्पेको थियो ।