काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)काे १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले एक शब्द पनि नबोलेको बताएका छन्। राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफलको क्रममा एमसिसीबारे आफू अझै स्पष्ट नभएको बताएका हुन्। सरकारलाई प्रश्न गर्दै उनले भने, ‘लप्सेफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केभीको प्रशारण लाइन निर्माण अगाडि बढाइने भनेर बजेटमा भनिएको छ।