स्थानीय तहको निर्वाचन अन्तर्गत दलहरुले चुनाव प्रचारलाई तीव्र बनाएका छन् । विराटनगर महानगर प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नागेश कोइराला र एमालेका सागर थापाले चुनावी प्रचारलाई तीव्र बनाएका हुन् ।बिहान ७ बजेदेखि सुरु गरेको चुनावी घरदैलो अभियान राति १२ बजेसम्म हुने गरेको उनीहरु बताउँछन् । ‘बिहान ७ बजे निस्किएपछि राति १२ बजेसम्म चुनावी अभियान हुने गरेको छ,’ गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेका काँग्रेसका नागेश कोइरालाले भने, ‘अहिले हाम्रो सुताइ पनि ४ घण्टाभन्दा बढी छैन