हिमालपारीको जिल्ला मुस्ताङमा यतिखेर चुनावी सरगर्मी बढेको छ । मङ्सिर ४ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न यतिखेर राजनीतिक दल र उम्मेदवारको सक्रियता बढेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा (क) र (ख) समेतमा गरी आसन्न निर्वाचनमा नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट कांग्रेसका योगेश गौचन थकाली, नेकपा (एमाले) तर्फबाट प्रेमप्रसाद तुलाचन, स्वतन्त्र पार्टी नेपालका सुरेश गुरुङ र राप्रपाका प्रवीण शेरचन प्रतिनिधि