पर्सामा एघारौँ पटक निषेधाज्ञा थप, सार्वजनिक यातायात र होटल खुल्ने

कृष्णउदास खनाल, वीरगन्ज । पर्सा जिल्लामा जारी निषेधाज्ञाको अवधि पुन ः लम्बिएको छ ।जिल्लामा बढ्दै गरेको कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि आइतबार दशौंं पटक थप्दै असार २७ गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले संक्रमण दर घटेपनि […]

सम्बन्धित सामग्री

धनकुटामा भदौ १० गतेसम्म निषेधाज्ञा थप

यद्यपि खाद्य तथा अन्य व्यवसाय, सबै किसिमका सार्वजनिक यातायात स्वाथ्य मापदण्डको पालना गरी खोलिएको छ । धनकुटामा चहल पहल बाक्लिदै गएको छ भने अझै १ सय ६७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो, लामो दूरीका सार्वजनिक यातायात चल्ने

न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । बैठकका […]

चितवनमा सार्वजनिक यातायातका साधन जोर बिजोर प्रणालीमा चल्ने

२३ असार, चितवन । सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न पाउने गरी चितवनमा निषेधाज्ञा थप खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा बुधबार जारी आदेशमा थप खुकुलो बनाउँदै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको उल्लेख छ । चितवनमा अब जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाइनेछ […]

दार्चुलामा असार मसान्तसम्म निषेधाज्ञा थप, सार्वजनिक यातायात खुला

दार्चुला । दार्चुलामा निषेधाज्ञा असार मसान्त सम्मका लागि थप गरिएको छ । कोरोना सङ्क्रमण दर केही घटेको भए पनि जोखिम कायमै रहेको भन्दै असार मसान्त सम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

खुकुलो भयो निषेधाज्ञा : चल्न थाल्यो बस, यस्तो देखियो सडकमा चहलपहल

काठमाडौं : आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ। प्रशासनले २५ सिटभन्दा धेरै भएको सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा आजबाट संचालन गर्न दिएको छ। जसकारण बिहानैदेखि उपत्यकामा सवारी साधनको चहलपहल बाक्लिएको छ। सार्वजनिक यातायात संचालन हुने भएपछि करिब दुई महिनादेखि बन्द रहेका कार्यालयहरु आजबाट खुल्न थालेका छन्। जडिबुटी, कोटेश्वर  र सातदोबाटोतिर यातायातका…

रातोपाटी ब्रिफिङ : आज दिनभरका प्रमुख खबर (भिडियोसहित)

शुभसन्ध्या ! आज असार १४ गते सोमबार । तपाईंले थाहा पाउन आवश्यक आज दिनभरिका केही मुख्य समाचार रातोपाटीडटकमको सन्ध्याकालीन ब्रिफिङका रुपमा यहाँ प्रस्तुत गरेका छौं – आजका मुख्य घटनाक्रमहरूमा निषेधाज्ञा थप गर्ने उपत्यकाका सिडिओहरुको निर्णय, सार्वजनिक यातायात सञ्चालनबारे व्यवसायीहरुको असन्तुष्टि, कोरोना संक्रमणको दैनिक अपडेट, संवैधानिक इजलासको नियमित बहस, केपी–माधव भनाभन, बुद्धिजीवीसँग विपक्षी गठबन्धनको अन्तरक्रियालगायत छन् । भिडियो हेर्नुहोस्१. खुकुलो भयो निषेधाज्ञा, सार्वजनिक य

पर्वतमा खुकुलो बनाएर एक हप्ता निषेधाज्ञा थप

असार ७, पर्वत । पर्वतमा कोरोना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञा केहि खुकुलो बनाएर थप एक हप्ता लम्ब्याइएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्वतले सोमवार जारी गरेको सूचना अनुसार निजी सवारीसाधन जोरबिजोर बारका आधारमा सञ्चालन हुनेछन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार सोमवार राति १२ बजेबाट लागू हुने गरि असार १४ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताईन् ।  प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पांग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ । सार्वजनिक यातायात भने सञ्चालन नहुने भएका छन् ।   यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्विमिङ पुल, ब्युटिपार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन । विद्यालयको पठनपाठन र भौतिक उपस्थितीमा हुने परीक्षा सञ्चालन गर्न नपाईने भएको छ ।  यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । सर्वासाधारणलाई अनावश्यक काम नपरि घर बाहिर ननिस्कन र अत्यावश्यक काम परेर निस्कनु परेमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र स्यानिटाईजरको प्रयोग गर्न भनिएको छ ।  सरकारी कार्यालयहरु आलोपालो गरेर खुलाउने र कार्यालय परिषरमा साबुनपानीको व्यवस्था गर्न आदेशमा भनिएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा नित्यपूजा मात्रै गर्न भनिएको छ । विवाह, व्रतबन्ध तथा अन्य संस्कार जन्य गतिविधी पार्टी प्यालेसमा नगर्न र त्यस्ता समारोहमा १० जना भन्दा बढि मानिस सहभागी नहुने प्रसासनको आदेशमा उल्लेख गरिएको छ ।  बैंक, वित्तिय संस्था, सहकारीहरु भने सञ्चालन हुने भएका छन् । सार्वजनिक निर्माण र व्याक्तिगत निर्माण साथै उद्योग कलकारखानामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने, श्रमिकलाई कार्यस्थलमै खानेबस्ने व्यवस्था गर्नुपर्ने कुरा आदेशमा उल्लेख गरिएको छ ।

बैतडीमा असार १५ गतेसम्म निषेधाज्ञा थप

जेठ ३१, बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।  सोमवारसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले सोमवार राति १२ बजेदेखि लागू हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।  कोभिड–१९ को संक्रमण घटेपनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनले भने, ‘संक्रमणदर घट्दो भए पनि जोखिम कायम छ, त्यसैले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने निर्णय भएको हो, त्यहीअनुसार आदेश जारी हुन्छ ।’ थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना पसल निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गरी बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने छ । साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जानकारी दिइएको छ । एन्टिजेन परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत भएको छ । हाल जारी निषेधाज्ञामा बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र फलफूलका पसल मात्रै खोल्न दिइएको छ ।  बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन हुनेछन् । स्थानीय तहहरूबाट बैंकको कामका लागि सदरमुकाम जानुु परेमा स्थानीय तहको सिफारिसमा यातायातको साधन प्रयोग गरी जान पाइने छ ।  विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिनेछन् । गाउँ तथा नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम (विकास निर्माणका कामको भुक्तानी) गाउँ तथा नगरपालिकाले तोकेको समयमा सञ्चालन गर्न पाइने छ ।  निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद गतिविधिलगायतका कार्यक्रम गर्न पाइने छैनन् । विद्यालय, मालपोत, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयबाट प्रवाह हुने सबै सार्वजनिक सेवा बन्द रहनेछन् । निषेधाज्ञाको उल्लंघन गरेमा, कालोबजारी गरेमा, तोकेको मूल्यभन्दा बढी मूल्य लिएमा, म्याद नाघेका खाद्यवस्तुको विक्रीवितरण गरेमा र पसलमा मूल्यसूची नराखेमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ  ।  कोरोनाको दोस्रो लहर आएपछि यो चौथोपटक निषेधाज्ञाको अवधि थपिन लागेको हो । यसअघि वैशाख २० गतेदेखि जेठ २ गतेसम्म, जेठ ३ गतेदेखि जेठ १७ गतेसम्म र जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको थियो । रासस