काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका सम्बन्धमा निर्णय लिन राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बैठक आइतवार बस्दैछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा साँझ ५ बजेपछि बैठक बस्ने तयारी भएको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारी भएको लोकान्तरलाई जानकारी दिए ।
यसअघि थपिएको निषेधाज्ञा असार १४ गते सोमवार रातिदेखि सकिँदैछ ।
सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा समेत छलफ...