सभापतिसहित ६ सदस्य मन्त्री बनेपछि राज्यव्यवस्था समितिका काम प्रभावित

सभापतिसहित ६ जना सदस्य मन्त्री बनेपछि प्रतिनिधिसभाको महत्त्वपूर्ण मानिने राज्यव्यवस्था तथा सुशासन समितिका काम प्रभावित भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, रक्षा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग र निर्वाचन आयोगजस्ता निकायका कामको संसदीय अनुगमन र मूल्यांकन गर्ने कार्यक्षेत्र यो समितिभित्र पर्छ । तर पछिल्लो समय समितिका काम प्रभावित भएका छन् ।

सम्बन्धित सामग्री

नियम कानुन पालना गर्ने व्यवसायी त्रसित हुनुपर्दैन : प्रचण्ड

३ चैत, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । पोखरामा शनिबार आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले अवरोध हुन नहुने बताएका हुन् । नयाँ सत्ता समीकरण बनेपछि आफूले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन, निजी क्षेत्रलाई […]

जग्गाको स्वामित्व नपाउँदा मझगाउँ विमानस्थल निर्माणमा अल्झन

कञ्चनपुर । जिल्लाको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल (Airport) लाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा निर्माणको काम प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहतको जमिन (Land) विमानस्थललाई उपलब्ध नहुँदा निर्माणको काम प्रभावित बनेको हो ।  विमानस्थलको आफ्नो नाममा भएको जग्गामा निर्माण कार्य सम्पन्न भएको र थप काम गर्ने जग्गाको स्वामित्व प्राप्त नहुँदा काम रोकिने विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए । ‘सेनाले भोगचलन गरिरहेको जग्गा विमानस्थलको नाममा आएको छैन,’ उनले भने, ‘अहिले विमानस्थलको नाममा भएको जग्गामा काम सकिएको छ ।’  ओझाले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढे पनि टुंगो लाग्न नसकेको बताए । ‘अहिले विमानस्थलको १५ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘जग्गाको भोगाधिकारका लागि यहाँका जनप्रतिनिधि खटिनुभएको छ, आशा छ छिट्टै हुन्छ होला ।’  अहिले पनि जग्गाको स्वामित्वका लागि फाइल मन्त्रालयमा प्रक्रियामै रहेको र मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको ओझाले बताए । सेनाको मातहतमा रहेको जग्गा विमानस्थललाई दिने यसअघि सहमति भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि लालपुर्जा सेनाका नाममा छ ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले मन्त्रिपरिषद्को निर्णयबिना रुख कटान गर्न नसकिने बताए । ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै हाम्रो रुख काट्ने पक्रिया शुरु हुन्छ,’ उनले भने, ‘सरकारले निर्णय गरेपछि कुनै अवरोध हुँदैन ।’  विमानस्थलको काम प्रभावित बनेपछि यहाँको भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले स्थलगत निरीक्षण गरेर जग्गाको भोगाधिकार र रुख कटानीका लागि केन्द्र सरकारसँग पहल गर्ने बताएका छन् । भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको छ । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग रु ४५ करोड ६६ लाखमा निर्माणको सम्झौता भएको छ ।  पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे, एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल पछि बन्द गरिएको थियो । रासस

बेनी जोमसोम सडकखण्ड बन्द

काठमाडौं । मालढुङ्गा–बेनी सडकमा आज शनिबारदेखि यातायात बन्द गरिएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको हो । सडक विस्तारको काम प्रभावित बनेपछि यातायात आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन […]

मालढुङ्गा–बेनी सडक खण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने

म्याग्दी - मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक खण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई गति दिन आउँदाे वैशाख ३ देखि वैशाख २५ गतेसम्म दैनिकरुपमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले बिहान ११ देखि दिउँसो ४ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो। गाडीको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी&...

बेनी–मालढुंगा सडक दैनिक पाँच घण्टा बन्द हुने

म्याग्दी (अस) । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतवार बसेको सरोकारवालाहरूको बैठकले सो सडकको स्तरोन्नति सहज बनाउन पुस १५ गतेदेखि माघ १४ गतेसम्म सवारीसाधनको आवतजावत आंशिक बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले सो अवधिमा बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले बताएको छ । सवारीसाधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए । बैठकले सवारीसाधनको आवतजावत बन्द गरिएको अवधिमा सवारीसाधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । एम्बुलेन्स र अत्यावश्यक प्रयोजनका सवारीसाधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ । मालढुंगा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको समय अनुकूल भएकाले सडक विस्तार तीव्र बनाउन सवारीसाधन रोकेर काम गर्न लागिएको बताए । कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ । मालढुंगा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोर अन्तर्गत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माण गरिरहेको छ । हाल कालोपत्रसहित करिब ६ मिटर चौडा सडकलाई ९ मिटर फराकिलोे बनाइँदै छ । सडकमा अमेरिकी अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । मालढुंगा–बेनी सडकको निर्माण २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत शुरू भएर २०५२ सालमा सञ्चालनमा आएको थियो । २०६८ सालमा कालोपत्र भएको यो सडक पछिल्लो समय जीर्ण बनेको थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारीसाधनको आवतजावत प्रभावित हुने गरेको छ । म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने उक्त सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले समेत महत्त्वपूर्ण रहेको छ ।

पुस १५ गतेदेखि बेनी–मालढुंगा सडक दैनिक पाँच घण्टा बन्द हुने

पुस १२, म्याग्दी । स्तरोन्नतिका लागि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतवार बसेको सरोकारवालाहरुको बैठकले मालढुंगा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन पुस १५ गतेदेखि माघ १४ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवत जावत बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीको अध्यक्षतामा बसेको बैठकले पुस १५ गतेदेखि माघ १४ गतेसम्म प्रत्येक दिन बिहान १०:३० देखि दिउँसो ३:३० सम्म मालढुंगा–बेनी सडकमा यातायात बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।  सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित बनेपछि बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेका थिए । १३ किलोमिटर दुरिको सडक प्रभावित क्षेत्रमा पर्ने जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्ल लगायत सरोकारवाला र सुरक्षा अधिकारीहरुको उपस्थितिमा बैठक बसेको थियो । बैठकले सवारी आवत जावत बन्द गरिएको अवधिमा सवारी साधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ । मालढुंगा–बेनी सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुंगा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । एपेक्स–खड्का कृष्ण जेभीको सहायक ठेकेदार कम्पनी ओमकारेश्वरका सञ्चालक अमृत दाहालले हिउँदको अनुकुल मौसम भएको समयमा सडक निर्माणलाई तीव्रता दिन सवारी साधन रोकेर काम गर्न समय मागिएको बताए ।  कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जानकारी दिएको छ । मालढुंगा–बेनी सडक चिन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरीडोर अन्तर्गत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदूर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ ।  हाल पिचसहित करीब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो । विसं २०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तरगत शुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवत जावत प्रभावित हुने गरेका छन् । सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुंगा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावना युक्त छ ।

सभापतिसहित ६ जना सदस्य मन्त्री भएपछि राज्य व्यवस्था समितिको काम प्रभावित

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको कामकाज प्रभावित भएको छ । एउटै समितिबाट सभापति सहित ६ जना सदस्य मन्त्री बनेपछि समितिको बैठक अघि नबढेको हो ।  समितिमा कुनै पनि विचाराधीन विधेयक नभएपनि समितिले आफ्नो कार्य क्षेत्रभित्र पर्ने सरोकारका विषयमा छलफल अघि बढाउन सकेको छैन ।यो समिति अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र निर्वाचन आयोग एवम् शान