नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई एनसीसी बैंकले शेयरमूल्य बढाउन कुनै पनि चलखेल बैंकबाट नभएको स्पष्टीकरण दिएको छ । आइतबार नेप्सेले शेयरमूल्यमा प्रभाव पार्ने गरी बैंकले कुनै निर्णय गरेको भए तत्काल स्पष्टीकरण दिन निर्देशन दिएसँगै बैंकले कुनै अनैतिक गतिविधि नभएको प्रस्ट पारेको हो