कोरोना संक्रमणबाट होम आइसोलेसनमा बसेका डाक्टरको मृत्यु

सर्लाही : कोरोना संक्रमणबाट सिरहामा एक चिकित्सकको मृत्यु भएको छ। लहान नगरपालिका–६ घर भएका अर्थोपेडिक विशेषज्ञ मुकेश चौधरीको निधन भएको हो।लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवका अनुसार चौधरी कोरोना संक्रमित भई ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए। सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ लगेको केही समयमै चौधरीको मृत्यु भएको यादवले बताए। ३५ वर्षीय डाक्टर चौधरी लहानमा डाइग्नोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए। 

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

२५ पुस, काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका एकजना सदस्यले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट […]

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री  कार्की आइसोलेसनमा बसेका हुन् ।शनिबार नेकपा माओवादी केन्द्रका प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग

प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।  शुक्रवार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र देउवा सँगै थिए । देउवा दुई दिन आइसोलेसन बसेपछि कोरोना परीक्षण गर्ने बालुवाटार स्रोतले जनाएको छ ।  शनिवार बिहान देउवाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।

देशभर २४ हजारभन्दा धेरै संक्रमित होम आइसोलेसनमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभरका २४ हजारभन्दा धेरै मानिस होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयकाअनुसार २४ हजार २५ जना होम आइसोलेसनमा रहेका छन्। यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १० हजार २२३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

आज नेपालमा होम आइसोलेसनमा एक लाख आठ हजारभन्दा बढी

काठमाडौँ। नेपालमा आज पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १,१५,८५२ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार १,०८,०३८ होम आइसोलेसनमा र ७,८१४ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४५,०१० होम आइसोलेसनमा र २,४९४ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,७४८ जना आईसीयूमा र ४९२ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ९३२ जना क्वारेन्टाइनमा छन्।

जुम्लाका अधिकांस संक्रमित होम आइसोलेसनमा

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांस संक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन्।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै, सबैभन्दा धेरै होम आइसोलेसनमा

काठमाडौँ। नेपालमा आज पनि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै १,०७,३३६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ९८,८६९ होम आइसोलेसनमा र ८,४६७ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४९,०२४ होम आइसोलेसनमा र ३,१०४ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ५१६ जना क्वारेन्टाइनमा छन्।

रूपन्देहीमा आइसोलेसनमा रहेका संक्रमितले गरे आत्महत्या

रूपन्देहीमा कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा रहेका एक जना कोरोना संक्रमितले आत्महत्या गरेका छन्।

प्रधानमन्त्रीज्यू आइसोलेसनमा हुनुहुन्न : विष्णु रिमाल

काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘प्रधानमन्त्री आइसोलेसनमा’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गरेका छन्। आज बिहान केही सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा भन्ने आशयका समाचार प्रकाशित गरेका थिए। त्यसलाई खण्डन गर्दै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले फेसबुकमा तस्वीरसहित लेखेका छन्। ‘प्रधानमन्त्रीज्यू आइसोलेसनमा हुनुहुन्न, प्रचारित समाचार भ्रमपूर्ण छ।’

जिदान आइसोलेसनमा

२४ पुस, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान आइसोलेसनमा बसेका छन् । कोभिड-१९ पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा रहेपछि जिदान सेल्फ आइसोलेसनमा बसेका हुन् । जसले गर्दा उनले बिहीबारको प्रशिक्षण समेत गुमाए । भाल्डेबेबासमा भएको क्लबमा प्रशिक्षणमा जिदान उपस्थित हुन सकेनन् । त्यसपछि जिदानले कोभिड-१९ परिक्षण गराएको र उनको एन्टिजन र पिसिआर परीक्षण […]