सञ्चारमन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री  कार्की आइसोलेसनमा बसेका हुन् ।शनिबार नेकपा माओवादी केन्द्रका प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग

सम्बन्धित सामग्री

गठबन्धन नेतालाई जिताउन मात्र हैन : सञ्चारमन्त्री कार्की

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताएका छन् । उनले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबन्धन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभई मुलुकलाई स्थिरता तथा दिगो आर्थिक विकासतर्फ उन्मुख गर्न आवश्यक रहेको बताएका हुन् । “गठबन्धन मुलुकको आवश्यकता हो, गठबन्धनको […]

गठबन्धन मुलुकको आवश्यकता : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन मुलुकको आवश्यकता भएको तर्क गरेका छन् । नेपाल प्रेस युनियन काभ्रेले बनेपामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले मुलुकमा स्थिरता र समृद्धिका लागि गठबन्धन गरिएको तर्क गरे ।

सञ्चारमन्त्री कार्की पनि आइसोलेशनमा, पिसीआरको नतिजा आएपछि मात्रै भेटघाट गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बसेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बसेका हुन् ।

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं, पुस २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमणको आशंकामा भेटघाट बन्द गरेका छन् । कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्की हाल आइसोलेसनमा बसेका छन । गठबन्धनका शीर्ष नेतामा कोरोना भाइरस पुष्टि भएपछि उनलेपनि पीसीआर परिक्षण गराएका छन् । तर, रिपोर्ट नआएसम्मका लागि उनले भेटघाट बन्द गरेको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका […]

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्टपछि मात्रै भेटघाट गर्ने

२५ पुस, काठमाडौं ।  सत्ता गठबन्धनका नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहभागी हुँदै आएका थिए । […]