कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको