अम्रिसोको मूल्य घटेपछि इलामका किसान निराश

अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । धान तथा मकै बाली हटाएर अम्रिसोको व्यावसायिक खेती गरेका किसान मूल्यमा भारी गिरावट आएपछि समस्यामा परेका हुन् । अम्रिसोको मूल्य गत वर्षको तुलनामा...

सम्बन्धित सामग्री

बढेन तेजपातको मूल्य

मूल्यलगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।

बढेन तेजपातको मूल्य

बेलबारी (मोरङ), २० पुस । मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा कम मूल्य पाएको किसानको गुनासो छ । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो । मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीका नगेन्द्रकुमार खाण ठकुरीले एक सयभन्दा बढीको सङ्ख्यामा तेजपातका […]

गोलभेँडाले उचित मूल्य नपाउँदा किसान चिन्तित

उत्पादनयामको सुरुवातमै गोलभेँडाले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् । भर्खरै फल्न सुरु भएको गोलभेँडाको भाउ ह्वात्तै घटेपछि गोलभेँडा खेती गर्ने किसान निराश बनेका हुन् । यहाँका किसानले अहिले गोलभेँडा प्रतिकेजी १० रुपियाँदेखि १२ रुपियाँमा बिक्री गरिरहेका छन् ।

एक सातामै गोलभेँडाको मूल्य आधाले घट्यो, किसान मारमा

गोलभेँडाको शहर भनेर चिनिने सर्लाहीका किसान एक सातामै गोलभेँडाको मूल्य आधाले घटेपछि मारमा परेका छन् । उत्पादनको मध्ययाममा गोलभेँडाको मूल्य ह्वात्तै घटेको हो । एक साता अघिसम्म यहाँका किसानले गोलभेँडा प्रतिक्रेट एक हजार भन्दा बढीमा बिक्री गरेका थिए । आज किसानले गोलभेँडा एक क्रेटको ४५० देखि पाँच सय रुपियाँमा बिक्री गरिरहेका छन् । यसरी निरन्तर मूल्य ओरालो लाग्दा गोलभेँडाको उत्पादन लागत नै नउठने अवस्था आएको किसानको गुनासो छ । गोलभेँडाको मूल्य ह्वात्तै घट्दा ठूलो मार परेको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरका किसान उदय पाख्रिनले गुनासो गर्नुभयो । ‘पाँच बिघामा लगाएको गोलभेँडामध्ये भर्खर ३०-३५ हजार रुपियाँको बेचेको छ तर बजारमा मूल्य आधा भन्दा बढीले घटिसक्यो’, पाख्रिनले निराश हुँदै भन्नुभयो, ‘यसैगरी दिनहुँ मूल्य घट्यो भने उत्पादन लागत समेत उठ्ने अवस्था छैन् ।’ थोरै उत्पादन हुँदा किसानले गोलभेँडाको राम्रो मूल्य पाएपनि अहिले अत्यधिक उत्पादन हुन थालेपछि मूल्य घटेको हो । उत्पादन बढिरहेकाले गोलभेँडाको मूल्य अझै ओरालो लाग्ने अवस्था रहेको किसानहरुले बताएका छन् । सुरुमा थोरै उत्पादन हुँदा र खेती सक्किने बेला राम्रो मूल्य पाएपनि यो समयमा बर्सेनि गोलभेँडाको मूल्य घट्ने गरेको हरिवन नगरपालिका–२, अत्रौलीका किसान बाबुलाल दोङले बताउनुभयो ।‘बजारमा धेरै भित्रिएको बहानामा व्यापारीले हरेक वर्ष यो समयमा गोलभेँडाको मूल्य घटाउँदा किसान मारमा पर्ने गरेका छन्’, उहाँले भन्नुभयो ।

अलैंचीको भाउ घटेपछि ताप्लेजुङका किसान निराश

ताप्लेजुङ – ‘खोल्सीको कालो सुन’ भनेर चिनिने अलैंचीको नयाँ उत्पादन बजारमा आउन थालेको छ ।  मूल्य धेरै आउला कि भनेर पर्खिदै बसेका किसानले अझै सम्म गएको वर्षको अलैंची बिक्री गरेका छैनन् ।  मुल्यको गिरावटले किसानहरु निरास बनेका बताउँछन् । कतिपय किसानले त जिल्ला सदरमुकाम फुङलिङबजा...

लमजुङमा अलैंची उत्पादन घट्यो

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ। मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन्। अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ। गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताए।