लमजुङमा अलैंची उत्पादन घट्यो

लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ। मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन्। अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ। गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताए।

सम्बन्धित सामग्री

अलैंचीको उत्पादन घट्यो, मूल्य बढ्यो

खोटाङमा यो वर्ष अलैंची उत्पादन घटेको छ । अघिल्लो वर्ष ७८७.३६ मेट्रिकटन अलैंची उत्पादन भएको जिल्लामा यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिकटन मात्र उत्पादन भएको हो ।यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैंची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । अलैंचीको फूल खेल्ने समयमा लगातार वर्षासँगै असिना पानी […]

लमजुङमा ८५ प्रतिशतले अलैंची उत्पादन घट्यो

अलैंँची उत्पादनमा भारी गिरावट : यसवर्ष ३५ मेट्रीकटन मात्रै अलैँची उत्पादन लमजुङमा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले अलैंँची उत्पादन घटेको छ । अलैंची उत्पादनमा भारी गिरावट हुँदा लमजुङका अलैंची किसान चिन्तित बनेका...