बाटोमै बच्चा जन्माएकी बिकलाई राहत

स्वास्थ्य कार्यालय जाँदै गर्दा बाटोमा बच्चा जन्माउन पुगेकी बाजुरा स्वामीकार्तिक गाउँपालिकाकी कात्तिका विकलाई राहत प्रदान गरिएको छ।

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: लौ आयो बजेट !

आज अर्थमन्त्रीले संसद्मा बजेट पेश गर्दैछन् । शुरूमा ज्ञातभन्दा अज्ञात र जिउँदाभन्दा मरिसकेका शहीदहरूलाई श्रद्धाञ्जलि दिएर मन्त्रीले बजेट भाषण शुरू गर्नेछन् । जब उनको भाषण शुरू हुन्छ, एमाले सभासदहरूले आफ्नो अगाडिको टेबल बजाउन थाल्नेछन्, विपक्षीहरू खासगरी माओवादी कपाल कन्याउन थाल्ने छ भने कांग्रेस मस्तसँग सुतिरहेको हुनेछ । समयमै बजेट ल्याउन पाएको भए आफ्नो घर आफै बनाउनेदेखि आफ्नो बच्चा आफै जन्माउनेसम्मको कार्यक्रम ल्याउन सक्ने थिएँ भनेर अर्थमन्त्रीले बजेट भाषणमा व्यक्त गर्नेछन् । अर्थमन्त्रीले आफ्नो भाषणमा पटकपटक उच्च आर्थिक वृद्धि, न्यायपूर्ण वितरण, जनमुखी, लोककल्याणकारी, समावेशी, निजी–सार्वजनिक साझेदारी, निर्यातमुखी, आयात प्रतिस्थापन, खर्चकटौती, बचत परिचालन, मूल्य नियन्त्रण, पुनर्निर्माण, राहत पुन:स्थापना, पूर्वाधार, महिला सशक्तीकरण, औद्योगिकीकरण, कृषिमा व्यवसायीकरण, जलविद्युत्को उत्पादन, पर्यटन र पर्यावरणजस्ता शब्दहरू दोहोर्‍याई तेहर्‍याई पढ्नेछन् । वर्ष ६, अंक ६० शुक्रवार, ३, मंसिर २०६७ (तीतोमीठोबाट)

प्रधानमन्त्री रोजगार : महिला र भारत जाने मजदुरलाई राहत

सल्यान । ‘१० कक्षा पढ्दै गर्दा बिहे भयो । बिहेपछि ११ कक्षा पास गरे । १२ पास गर्न पाइन । पढाइ रोकियो । बच्चा जन्म्यो । अघि पढ्न पाइन । अहिले छोराले ४ कक्षामा पढ्छ । मेरो पढाइ रोकिए पनि छोरोलाई पढाउने मन छ ।’ यो भनाइ हो, बागचौर नगरपालिका ८ की २७ वर्षीय एन्जिला […]

मुम्बईमा वर्षाको कहर : घर ढल्दा ११ जनाको मृत्यु

मुम्बईमा बुधबार दिनभर पानी प¥यो । त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो । दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११  जनाको मृत्यु भएको छ । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५  जनाको उद्धार गरिएको छ । दुर्घटना हुँदाको समय यस भवनमा तीन परिवार बसेको थियो । यसमा केही बच्चा पनि समावेश छन् । दुर्घटनापछि अग्नी तथा विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर राहत तथा उद्धारको क

न अहिलेसम्म न्याय पाइयो, न त राहत नै

नेपालमा विसं २०५२ देखि २०६३ सम्म भएको सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिलाले अझै न्याय पाएका छैनन् । बलात्कार तथा यौजजन्य हिंसा भोगेका महिलाको जीवन अहिले पनि सुखद् छैन । देशमा शान्ति छायो, राजनीतिक परिवर्तन भयो, धेरै महिला नेतृत्वमा पुगे तर सशस्त्र द्वन्द्वमा बलात्कार तथा यौनजन्य हिंसा भोगेका महिला आर्थिक, मनोसामाजिक समस्या भोग्नुका साथै अझै सामाजिक पुनःस्थापना हुन सकिरहेका छैनन् ।          सशस्त्र द्वन्द्वका बेला द्वन्द्वरत पक्ष र राज्यपक्षबाट भोग्नुपरेका जघन्य यातना र हिंसा भोगेका महिलाले न्याय पाएका छैनन् । महिलाले भोग्नुपरेको अन्याय विरुद्ध आजसम्म राम्रोसँग कुरा उठ्न नसकेको द्वन्द्वपीडित महिलाको गुनासो छ । द्वन्द्वमा हिंसा भोगेका कतिपय खुल्न चाहदैनन् भने कतिपयलाई उजूरी गरे न्याय पाइन्छ भन्नेसम्म पनि जानकारी छैन । देशमा शान्ति सम्झौता भएको दशकभन्दा लामो समय भयो र सशस्त्र द्वन्द्वरत पक्ष सरकारमा छ, तर द्वन्द्वका पीडितहरुको गुनासोको सुनुवाइ भने अझै पनि हुन सकेको छैन ।          नेपाल सरकारको तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वमा १७ हजार ८८६ व्यक्तिहरुले ज्यान गुमाउनु प¥यो । बेपत्ता पारिएकाको सङ्ख्या दुई हजार ५२१ छ । कति अपाङ्ग एवं घाइते अवस्थामा अहिलेसम्म बाँचिरहेका छन् । सशस्त्र द्वन्द्वको बेला महिलामाथि अनेकौ यातना, बलात्कार र यौनजन्य हिंसा द्वन्द्वरत दुवैपक्षबाट गरियो तर त्यसको यकिन तथ्याङ्क छैन । सत्य निरुपण तथा मेलमिलाप आयोगमा तीन सयभन्दा बढी उजूरी हिंसा सम्बन्धी छन् ।          कैलालीकी एक महिला अहिले ५० वर्षकी पुगिन् । सशस्त्र द्वन्द्वको त्यो बेला २०५९ सालमा उनी ३२ वर्षकी थिइन् । असारको महिना थियो उनका श्रीमान् बेपत्ता भए । घरबाट किनमेल गर्न जान्छु भनी हिँडेका श्रीमान् घर फर्किएनन् । दिन, हप्ता, महिना बित्यो श्रीमान् नआएपछि उनी बिरक्तिएकी थिइन् । ‘‘एकदिन चार जना युवा आए, हामी तिम्रो श्रीमान्का साथी हौँ, एक हप्तापछि घर ल्याइदिन्छौँ खाना पकाउ हामी भोकायौँ भने, सबैले खाना खाए, त्यसपछि पालैपालो बलात्कार गरे’’, उनी सम्झन्छिन्, ‘‘मेरो चार बच्चा थिए । बिरामी परेँ, एक हप्तासम्म बिस्तराबाट उठ्न सकिन तर अहिलेसम्म कसैलाई भनिन् ।’’          ‘‘त्यो घटनाको छ महिनापछि उनका घरमा प्रहरी हुँ भन्दै एकजना युवक आए । उनलाई प्रहरी आए मार्छन् भन्ने लाग्यो । ती युवकले पनि शारीरिक सम्बन्धको प्रस्ताव गरे, नदिए सुराकी हो भन्दै बच्चासहित मार्छौँ भने र इज्जत लुटेर गए । ती युवकले करिब आठ महिनासम्म निरन्तर उनको इज्जत लुटे । ‘‘कहिले हप्तामा, कहिले महिनामा आउँथ्यो, म त्यसको अनुसार अहिले पनि सम्झन्छु, निकै यातना दिएर सम्बन्ध राख्थ्यो’’, उनी भक्कानिँदै भन्छिन्, ‘‘बच्चाको मायाले सहिरहेँ, मर्ने डरले सबै सहनुप¥यो । अब अहिले कसरी भनौँ । ऊ को हो, के साच्चिकै प्रहरी हो ? वा कहाँको हो थाहा छैन, तर देखे चिन्छु ।’’

कोभिड १९ को कहरमा तथ्यांकको खडेरी : कसरी सहज हुनसक्थ्यो अहिलेको अवस्था?

निराजन कँडेल- अमेरिकाले कोरोना भाइरसबाट प्रभावित भएका परिवारका लगि लागि २ ट्रिलियन अमेरिकी डलरको राहत प्याकेज ल्यायो। प्याकेजअनुसार सोसाइटी सेक्युरिटी नम्बर भएको र वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी भएको एक ब्यक्तिले १ हजार २ सय अमेरिकी डलर पाउनेछ।  विवाहित दम्पती जसको बच्चा छैन र आम्दानी पनि १ लाख ५०