मुम्बईमा बुधबार दिनभर पानी प¥यो । त्यसपछि मालवानी इलाकामा चार तले एक भवन राती ११ बजे ढल्यो । उक्त भवन अर्को भवनमा ठोक्किएको थियो । दुर्घटनापछि १८ जना भग्नावशेषमा पुरिए, जसमध्ये ११ जनाको मृत्यु भएको छ । बाँकी ७ जना घाइतेको अस्पतालमा उपचार चलिरहेका अधिकारीहरुले जनाएका छन् । त्यस्तै १५ जनाको उद्धार गरिएको छ । दुर्घटना हुँदाको समय यस भवनमा तीन परिवार बसेको थियो । यसमा केही बच्चा पनि समावेश छन् । दुर्घटनापछि अग्नी तथा विपद् नियन्त्रक टोलीले घटनास्थल पुगेर राहत तथा उद्धारको क