कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले नेकपा प्रचण्ड नेपाल समूहलाई पार्टीमा फर्किन आग्रह गरेकी छिन् । स्यांजामा आयोजित एक कार्यक्रममा उनले कुर्सी मोहकै कारण प्रचण्डले पार्टीलाई क्षतविच्छेद बनाएको आरोप लगाइन् ।
“पार्टीले कारवाही गरेको छैन, पार्टी सदस्यताबाट हटाएको छैन, तपाइँहरु जहाँ पुगे पनि फर्केर आउनुहोस्”, मन्त्री अर्यालले भनिन्, “कमरेड प्रचण्ड, पार्टी एक भएमात्रै प्रधानमन्त्री बन्ने सम्भावना रहला, अर्को पार्टी बनाएर प्रधानमन्त्री बन्ने सम्भावना छैन ।”
अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न...