जनसंख्या वृद्धिदर घट्दा नेपाललाई के असर पर्छ?

काठमाडौं– नेपालको जनसंख्या वृद्धिदर क्रमिक रुपमा घट्दै गएको छ।, २०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक रिर्पाेट सार्वजनिक भएपछि जनसंख्या वृद्धिदर घट्दा त्यसको के –कस्तो असर पर्ला भन्ने अड्कल काट्न थालिएको छ। तर, जनसंख्याविद्हरु भने त्यसले तत्कालका लागि असर नपार्ने बताएका छन्। यो जनसंख्यालाई ३० –४० बर्षभित्रै उपयोग गर्न नसके देशले विकास र संवृद्धि पाउन नसक्ने चिन्ता […]

सम्बन्धित सामग्री

जनसांख्यिकीय परिवर्तनको खतरा

जनसंख्या वृद्धि रोक्नका लागि कुनै बेला एक दम्पती एक सन्ततिको नीति लिएको चीनमा गत वर्ष जनसंख्या वृद्धिदर ऋणात्मक बन्यो । अर्थात् जन्मनेको जनसंख्यालाई मृत्यु हुनेको संख्याले जितेको छ । विकसित मुलुकहरूमा प्रौढहरूको संख्या बढी हुने गरेको त वर्षौं भइसक्यो तर चीनजस्तो विकासोन्मुख मुलुकमा पनि युवाको संख्या कम हुन थालेपछि चिन्ताको विषय बनेको छ । यो समस्या चीनमात्र होइन, तीव्र दरमा जनसंख्या बढिरहेको भारतका केही प्रान्तमा पनि देखापर्न थालिसकेको छ । नेपालमा पनि त्यस्तै समस्या देखिएको छ । नेपाल विकास हुनुभन्दा अगाडि नै युवा जनसंख्या कम हुने समस्यामा पर्ने संकेत देखापरिसकेको छ । छिमेकी मुलुकले तीव्र आर्थिक विकास गर्दै गएर जनसांख्यिकीय असर भोग्दै छन् भने नेपाल चाहिँ विकास नै नदेखेर यो समस्या भोग्ने मुलुकमा पुग्ने हो कि भन्ने आशंका बढाएको छ । चीनमा अहिले देखिएको जनसंख्याको ऋणात्मक वृद्धिदरले उसलाई निकट भविष्यमै कामदार जनशक्तिको अभाव हुने संकेत गर्छ । यसो हुँदा उसले विदेशी श्रमलाई आकर्षित गर्नुपर्ने हुन्छ । त्यो लाभ नेपालले पाउन पनि सक्छ । तर यो अहिलेलाई अपेक्षा मात्र हो । कुनै बेला सस्तो श्रमका कारण विश्वका ठूला कारखानाहरू चीनमा सरेका थिए । अब भने चीनले बिस्तारै सस्तो श्रमका लागि अन्य देशमा आफ्नो उत्पादन प्लान्टहरू सार्नुपर्ने पनि हुन सक्छ । चीनसँग अन्तरदेशीय रेलमार्गबाट जोडिन सक्यो भने त्यसको लाभ नेपाललाई प्राप्त हुन सक्छ । भारत र चीनको उदाहरणबाट नेपाल आफै पनि सचेत हुनुपर्ने देखिएको छ । तत्काललाई विकासका लागि जनसांख्यिकीय लाभ नेपाललाई छ । काम गर्ने युवाको संख्या अधिक छ । केही वर्ष अझै नेपालले यस्तो लाभ लिन सक्छ । यस्तो लाभ लिन नेपालले अहिलेको काम गर्ने तौरतरीकामा भने परिवर्तन गर्न आवश्यक देखिन्छ । अहिलेकै ढिलासुस्ती जारी रहनेमा डेढ दुई दशकमा नेपाल विकसित नहुँदै प्रौढहरूको जनसंख्या बढी भएको मुलुकमा पर्न जान सक्छ । त्यसपछि  बुढ्यौली नेपालका लागि पनि गम्भीर समस्या बन्न सक्छ भन्नेमा सरकारको ध्यान जानु आवश्यक छ ।

जनसंख्या वृद्धिदर घट्दा उत्पादकत्वमा असर

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर घटेको छ । विभागका अनुसार ८० वर्षपछि नेपालको सरदर वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तरल झरेर ०.९३ प्रतिशत पुगेको हो ।विगत पाँच दशकको जनसंख्या वृद्धिदर हेर्दा नेपालमा जनसंख्या वृद्धिदर घट्दै गएको देखिन्छ । जनगणना २०३८ मा नेपालमा सरदर वार्षिक जनसंख्या वृद्धिदर २.६२ […]

घट्दो जनसांख्यिकी लाभांश

नेपालको जनसंख्या ३ करोड नाघ्ने अनुमान गरिए पनि राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विश्लेषणले २ करोड ९१ लाख ९२ हजार रहेको देखाएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले नेपालको जनसांख्यिक सूचकहरूमा १० वर्षयता ठूलै परिवर्तन भइरहेको देखाएको छ, जसअनुसार नेपालले गम्भीर रूपमा नीतिहरू अवलम्बन गर्नुपर्ने हुन्छ । जनसंख्या घट्दै जानुको संकेत हो : बूढो मान्छेको अनुपात युवाको दाँजोमा बढ्दै जानु । यति हुँदाहुँदै पनि अहिले युवा जनसंख्याको अनुपात अझै राम्रो छ । जनसंख्या वृद्धिलाई चुनौतीका रूपमा हेरिने गरिएकामा त्यसको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशतमा सीमित भएको छ । यसले अबको केही दशकमा नै नेपालमा काम गर्न नसक्ने उमेरका मानिसहरूको संख्या व्यापक वृद्धि हुने र युवाहरूको संख्या घट्दै जाने देखाएको छ । अहिले नै नेपालले सामाजिक सुरक्षाको भार बोक्न नसकिरहेको अवस्थामा यसबारे नेपालले गम्भीर भएर योजना बनाउनुपर्ने चुनौती थपिदिएको छ ।   नेपालमा महिलाको संख्याभन्दा पुरूषको संख्या कम छ । १० वर्षअगाडिको जनगणनामा पनि यस्तै थियो । धेरै देशमा पुरूष बढी र महिला कम देखिन्छन् । यसमा ती देशमा समस्या ल्याएको देखिन्छ । नेपालमा पेटमै भ्रूण पहिचान र गर्भपतन हुने गरेको छ भनिए पनि जनगणनाको त्यस्तो प्रवृत्ति ज्यादै कम रहेको पुष्टि गरेको छ । नेपालले जनसंख्याको यो वास्तविकता विभिन्न अन्तरराष्ट्रिय फोरममा राख्न सक्छ । जनसंख्या वृद्धिलाई देश विकासको समस्यामा रूपमा हेरिन्थ्यो । त्यही भएर सरकारले परिवार नियोजनका कार्यक्रमहरू सञ्चालन गरेको थियो । तर, अब यस्ता कार्यक्रमको औचित्य समाप्त भएको देखिन्छ । अहिलेको जनगणनाले नेपालले केही दशकमै युवाहरूको संख्या कम हुने समस्या भोग्ने संकेत गरेको छ । विकसित देशहरूमा अहिले यो समस्या छ जसले गर्दा विदेशी मुलुकबाट कामदार भित्त्याउनुपर्ने बाध्यता ती देशलाई छ । नेपाल विकसित नहुँदै ती राष्ट्रजस्तै बन्यो भने अर्को समस्या थपिने देखिन्छ । जनसंख्या घट्दै जानुको संकेत हो : बूढो मान्छेको अनुपात युवाको दाँजोमा बढ्दै जानु । यति हुँदाहुँदै पनि अहिले युवा जनसंख्याको अनुपात अझै राम्रो छ । जनसांख्यिकीय लाभांशको अवसर अझै बाँकी छ । यो जनसंख्यालाई ठूलो र व्यवस्थापन गर्न गाह्रो भन्ने अवस्था रहेन । यो जनसंख्यालाई नेपालमै रोजगारी दिने हो भने त्यसले पनि राम्रो आर्थिक विकासको अवसर दिलाउँछ । नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर निकै घटेको छ । यो समग्र तथ्यांक हो । केही समुदायमा बढी मृत्युदरको समस्या नभएको होइन । तिनका लागि विशेष कार्यक्रम गर्न सकिन्छ । नयाँ गनगणनाअनुसार सहरमा बसोबास गर्नेको संख्या ह्वात्तै बढेको छ । अघिल्लो जनगणनामा १७ प्रतिशत मानिसमात्रै सहरमा बस्थे । तर, नयाँ जनगणनाअनुसार सहरी क्षेत्रमा बसोवास गर्नेको संख्या ६३ प्रतिशत र ग्रामीण क्षेत्रमा बस्नको संख्या ३६ प्रतिशत रहेको छ । गत दशकमा धेरै नगरपालिका घोषणा भएकाले यस्तो भएको हो । यद्यपि नगरपालिकाहरू घोषणा गर्दा सुविधा नपुगेका ठाउँलाई समेत समेटिएकोमा विवाद भएको थियो । जनगणनाको देखाएको अर्को संकेत हो : जनसंख्या वृद्धिको क्षेत्रगत असन्तुलन । जिल्लाका आधारमा हेर्दा हिमाली र पहाडी गरी ३२ ओटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ । १० वर्षअघि २७ जिल्लामा मात्रै ऋणात्मक थियो । यसले ठूलो जनसंख्या पहाडी र हिमाली भूभागबाट उपत्यका, भित्री मधेश वा तराईतिर बसाइ सरेको देखाउँछ । यसको असर निर्वाचन क्षेत्र निर्धारणमा पर्ने देखिन्छ । पहाडी र हिमाली क्षेत्रबाट निर्वाचित हुने सांसदहरूको संख्या घट्दै जाने देखिन्छ । यसले निम्त्याउने समस्यालाई लिएर अध्ययन र बहस गर्नुपर्ने आवश्यकता बढेको छ । नेपालका वैदेशिक रोजगारीमा जाने प्रवृत्ति निकै बढेको भनिए पनि १० वर्षअघिको संख्यासँग तुलना गर्दा त्यति साह्रो बढेको देखिँदैन । १० वर्षअघि १९ लाख २१ हजार नेपाली विदेशमा रहेकामा अहिलेको जनगणनाअनुसार २१ लाख ६९ हजार नेपाली विदेशमा रहेको पाइएको छ । जनगणनाका अरू प्रवृत्तिहरू थप प्रकाशनमा आउँदै जानेछ तर बुधवार सार्वजनिक भएका तथ्यांकहरूले नेपालले केही पक्षमा गम्भीर गृहकार्य थाल्नुपर्नेतर्फ संकेत गरेको छ ।

चीनको जनसंख्या वृद्धिदर अहिलेसम्मकै न्यून

चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाहरुको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो ।विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ । यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलेसम्मकै