काठमाडौं : संघीय संसद अन्तरगत दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउनेसहित विभिन्न अध्यादेश पेस गरिँदैछ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै मन्त्री शर्माले नै राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश पेस गर्नुहुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाको