सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले किसान तथा कृषि समूहलाई अनुदानमा हाते ट्र्याक्टर (मिनिटिलर) वितरण गरेको छ ।
लम्पी स्किन रोगले रोपाइँको काम नै प्रभावित भएपछि किसानलाई हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाको कृषि शाखाले किसान तथा समूहलाई ५० प्रतिशत अनुदानमा ४० थान हाते ट्र्याक्टर वितरण गरेको कृषि शाखाका प्रमुख सविता बास्तोलाले जानकारी दिनुभयो ।
६८ हजार रुपैयाँ मूल्य बराबरको हाते ट्र्याक्टरमा गाउँपालिका र किसानको समान ३४ हजार रुपैयाँ लागत साझेदारी छ । लम्पी स्किनका कारण मुख्य ...