उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीका माधव नेपाल, झलनाथ खनाल समूहले दिएको जवाफ अत्यन्त गम्भिर प्रकृतिको रहेको बताएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको एकता आव्हानलाई अस्वीकार गर्नुले नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए । पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थ