काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।
महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरिएको छ । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो ।
सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् ...