राजनीतिक दलसम्बन्धी अध्यादेशमा टेकेर निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित नियमावली विहीबार नै राजपत्रमा प्रकाशित भइसकेको छ ।माधव नेपाल वा महन्थ ठाकुरको पार्टीमा लाग्न चाहने जनप्रतिनिधिले २१ दिनभित्र पार्टी प्रवेश गर्दा दल त्याग गरेको नमानिने अध्यादेशले भनेको थियो । निर्वाचन आयोगले अध्यादेशको यो व्यवस्थालाई अझ खुकुलो र सरल बनाइदिएको छ ।संशोधित नियमावली अनुसार प्रदेशसभाका सांसदहरुले नयाँ दल रोज्ने क्रममा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आइराख्नुपर्दै