काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आफूले धेरै कष्ट गर्नुपरेको बताएका छन्। पार्टीको महिला संघको बैठकलाई सम्बोधन गर्दै उनले केपी ओलीको अहंकार असफल पार्न ठूलो मिहिनेत गरेको बताएका हुन्। उनले भने, ‘०७८ साल भदौ २ गते हामी विद्रोह गरेका थियौँ। कति गाह्रो भएको थियो। अर्याल होटल साथीहरूलाई बोलायौँ। बसमा चढेर चन्द्रागिरीमा गएर बस्यौँ। केपी ओलीले आफ्नो मान्छेहरू होटलमा पठाएर आँसु खसाल्न लगाएर रोकौँला भन्ने सोचेका थिए। तर, उनको सबै योजना फे