अनुकूल मौसमको प्रतीक्षामा चार सयभन्दा बढी सगरमाथा आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (Rope fixing) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (Icefall Doctor) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण शुरू हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।  चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरू भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले  जानकारी दिए । 'शुरूमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ', उनले भने, 'मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।' अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।  पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । 'उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्', उनले भने, 'मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।'  आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPPC) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।   सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो । पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेबित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम शुरू हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।  लुक्लामा रहेका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उनले बताए । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।  सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।  नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।  पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका Sir Edmund Hillary सगरमाथाको चुचुरोमा पुगेका थिए । सिबी अधिकारी,  रासस 

सम्बन्धित सामग्री

सगरमाथा आरोहीले आफ्नो मलमूत्र आफैं ल्याउनुपर्ने

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अबदेखि सगरमाथा आरोही स्वयंले आफ्नो मलमूत्र प्लास्टिक झोलामा पोको पारी राख्ने र फर्कंदा तल ल्याउनुपर्ने थिति बसाल्ने नीति ल्याएकाे छ।...

प्रतिकूल मौसमले आधारशिविरमै अड्किए सगरमाथा आरोही

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतीक्षारत छन्। तर मौसम अनुकूल नहुँदा आरोहण हुन सकेको छैन।सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन्। तर झण्डै दुई सातादेखि सगरमाथाको आधारशिविर र आसपास क्षेत्रमा बसेका आरोहीलाई अझै आरोहण कहिले खुल्ने हो निश्चिन्त हुने अवस्था छैन।आइसफल डाक्टरले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। उनीहरुले चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि मात्रै स

सगरमाथा आरोही महर्जनद्वारा खेलाडीलाई प्रशिक्षण

काठमाडौँ,७ भदौ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले विभिन्न खेलाडीलाई प्रशिक्षण दिएकी छिन् । उनले सहभागी खेलाडीलाई ‘क्लाइम्बिङ’ गराएकी हुन् । क्लाइम्बिङ खेललाई प्रवद्र्धन गर्न आइतबारदेखि राजधानीमा प्रारम्भ भएको साताब्यापी अभ्यासका क्रममा महर्जनले सोमबार खेलाडीलाई क्लाइम्बिङ गराएकी हुन् । धुम्बाराहीस्थित पासाङ ल्हामु स्पोटर्स क्लाइम्बिङमा अभ्यास गराइएको हो । ‘संस्कृति […]

सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन

काठमाडौँ । सबैभन्दा कान्छो सगरमाथा आरोही शम्भु तामाङको निधन भएको छ । दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित तामाङको आज (बिहीबार) बिहान नेपाल क्यान्सर हस्पिटल गोदावरी ललितपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो । सिन्धुपाल्चोक लिसंखुपाखर वडा नं २ ह्रिस्याङ्गु घर भएका तामाङ अहिले काठमाडौँको महाराजगन्जमा बस्दै आएका थिए । तामाङले सन् १९७३ मे ५ तारिखका […]

सगरमाथा आरोही दाकिपा शेर्पालाई रिलायन्स लाइफको सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सले सगरमाथा आरोही दाकिपा शेर्पालाई सम्मान गरेको छ । शेर्पालाई रिलायन्स लाइफ इन्स्योरेन्सको ब्यानर सगरमाथाको चुचुरोमा फहराएका कारण सम्मान गरिएको हो ।  उनलाई कम्पनीका अध्यक्ष ताराचन्द केडियाले खादा र कदरपत्रले सम्मान...

कीर्तिमानी सगरमाथा आरोही बालविवाह रोकथाम अभियान चलाउँदै

काठमाडौँ– विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छन् । कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरूका विद्यार्थीहरूका साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् । कल्पना ती स्कुल र बस्तीमा पुगेर बालबाविवाहका विषयमा […]

सगरमाथा आरोही महर्जन इलामको पर्यटन सद्भावना दूत

इलाम : इलाम नगरपालिकाले कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई पर्यटन सद्‌भावना दूत बनाएको छ। इलाम नगर प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्बाङको उपस्थितिमा आरोही महर्जन र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कालीबहादुर भुजेलबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।महर्जनलाई ०७८ कात्तिक २२ गते बसेको इलाम नगरपालिकाको कार्यपालिकाको बैठकले पर्यटन सद्‌भावना दूत नियुक्त गर्ने निर्णय गरेको थियो। महर्जनसँगै नगरपालिकाले इलामका पहिलो सगरमाथा आरोही यामबहादुर ग

सगरमाथा आरोही पत्रकार महर्जन इलामको पर्यटन सद्भावना दूत

इलाम – इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको  उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन्। महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट […]

कीर्तिमानी सगरमाथा आरोही महर्जन इलामको पर्यटन सदभावना दूत

इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  इलाम नगरपालिकाको प्रमुख महेश बस्नेत र उपप्रमुख सुशीला नेम्वाङको  उपस्थितिमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल र सद्भावना दूतमा नियुक्त विश्व कीर्तिमानी आरोही महर्जनले हस्ताक्षर गरेका हुन् ।महर्जनले २०७५ जेठ ९ गते नेपालतिरबाट र २०७६ जेठ ९ गतेकै दिन तिब्बती मोहोडाबाट सगरमाथाको आरोहण गरेकी हुन् । पत्रकारितामा क्रियाशील महर्