निजी क्षेत्रका दुई संस्थाबीच औद्योगिक समस्याका विषयमा छलफल, सहकार्य गर्ने निर्णय

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघबीच भेटवार्ता भएको छ । दुई संस्थाबीच मुलुकका औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूमा उत्पन्न समस्याका बारेमा गहन छलफल भएको हो ।छलफलमा औद्योगिक क्षेत्रभित्र उद्योगहरूले उपभोग गरिरहेका जमिनको अप्रत्यासित भाडा वृद्धि, विद्युत डिमान्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र वृहत औद्योगिक सम्मेलन लगायतका विषयमा छलफल भएको बताइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको २०७९ असार २२ को निर्णयब

सम्बन्धित सामग्री

‘आर्थिक स्थायित्वका लागि सरकार–निजी क्षेत्र सहकार्य आवश्यक’

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको छैटौं साधारणसभा एवं तेस्रो अधिवेशनमा उनले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका हुन् । उनले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारका तर्फबाट भएका कमजोरीलाई पनि सुधार गरिनुपर्दछ र करको दायरामा आउन निजीक्षेत्र पनि उदार हुनुपर्दछ ।’ मुलुकमा पछिल्लो समय आर्थिक सूचक सकारात्मक भए पनि निजीक्षेत्र र आम सर्वसाधारणले त्यसको व्यावहारिक अनुभूति गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा उनले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा उनको भनाइ थियो । सरकार फेरिएसँगै नीतिहरू फेरिनाले पनि अर्थतन्त्र सधैं अस्थिर हुने गरेको दाबी छ ।

निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङ्घसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले आर्थिक एवं औद्योगिक वि...

बागमतीमा प्रि-बजेटबारे छलफल

मनहरि– बागमती प्रदेशसभामा प्रि-बजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा मन्त्री लामाले उद्यम प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त […]

लुम्बिनी प्रदेशमा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहन

लुम्बिनी प्रदेशमा औद्योगिक क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइने भएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरेको छ । प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना र विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने, परम्परागत सीप र उद्यमलाई प्रवर्द्धन गर्दै दक्षता अभिवृद्धि गर्नुको साथै त्यस्ता उद्योगको […]

लुम्बिनी प्रदेशमा निजी क्षेत्रलाई लगानी गर्न प्रोत्साहित गरिने

दाङ-लुम्बिनी प्रदेशमा औद्योगिक क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइने भएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरेको छ । प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना र विकासमा निजी क्षेत्रसँग सहकार्य गरिने, परम्परागत सीप र उद्यमलाई प्रवर्द्धन गर्दै दक्षता अभिवृद्धि गर्नुको साथै त्यस्ता उद्योगको […]

निजी क्षेत्रसँग सहकार्य गर्न तयार : मन्त्री बडू

चैत २६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्रसँग सहकार्य गर्न  तयार रहेको बताका छन् । उनले औद्योगिक क्षेत्रका समस्याप्रति आफू पनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद् छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने पनि बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा शुक्रवार गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री बडूलाई शुक्रवार मन्त्रालयमा भेट गरी विभिन्न समस्याका बारेमा अववगत समेत गराएको छ । सो अवसरमा महासंघले तरलता अभाव, चर्को ब्याजदर, विद्युत् कटौती, इन्धनको चर्को मूल्य वृद्धिका कारण औद्योगिक व्यावसायिक लागत अत्यधिक बढेकाले निकास दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आग्रह गरेको छ ।                  सो अवसरमा महासंघका तर्फबाट लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुसी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरिएको महासंघले बताएको छ ।

लागत न्यूनिकरण मार्फत औद्योगिकीकरणमा जोड दिन निजी क्षेत्रको सुुझाव

उद्योग विकासको औपचारिक शुुरूवात भएको ७५ वर्ष भैसक्दा पनि नेपाल भने अझै व्यापक सुधारमार्फत औद्योगिकीकरण प्रक्रियाको पर्खाइमा रहेको छ । नेपालमा औद्योगिकीकरणको शुरूवात सन् १९४६ बाट भएको थियो । सन् ५० को दशकमा पश्चिम यूरोप तथा अमेरिकाबाट एशियामा पहिलो आधुुनिक उद्योगको स्थानान्तरण भैरहेको समयमा नेपालमा पनि आधुनिक उद्योगको शुरूवात भैसकेको थियो । सन् ९० को दशकमा हाम्रै छिमेकी देशहरू भारत र चीनले उत्पादनमुलक क्षेत्रमा वहुुराष्ट्रिय कम्पनी र वाह्य लगानी भित्रयाई रहदा नेपाल पहिलो चरणको आर्थिक शुधारको प्रक्रियामा थियो । एकै समयमा औद्योगिकीकरणको शुुरूवात गरेका एशियाका अन्य मुुलुक र नेपालको अवस्थालाई तुलना गर्ने हो भने हाम्रो अवस्था अत्यन्त दयनीय रहेको उद्यमी व्यवसायीहरूले बताए । सातौ औद्योगिक दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उद्यमी व्यवसायीहरूले औद्योगिकीकरणको हाम्रो अवस्था अत्यन्त कमजोर रहेको धारणा राखे । पछिल्लो तथ्यांकलाई मात्र विश्लेषण गर्ने हो भने पनि कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत, वार्षिक ४.१ प्रतिशतको वृद्धि, निर्यात आयात अनुपात करिव १ः११ रहेको छ । चालु आवको पहिलो ४ महिनामा सरकारको पूजीगत खर्च ४.९ प्रतिशत मात्र छ । यसले नेपालको औद्योगिक अवस्थाको यथार्थ चित्रण गर्दछ । यस्तो स्थितिमा अव लागत न्यूनिकरण मार्फत औद्योगिकीकरणमा जोड दिनुुपर्ने सुुझाव उद्यमी व्यवसायीहरूले दिएका छन् । यसका लागि उत्पादन लागत, वित्तिय लागत, उद्योगको आगत (entry), निर्गत (exit), प्रशासनिक खर्च र कर लागत कटौती मार्फत औद्योगिकीकरण गर्नुपर्ने सुुझाव आएको छ । उद्यमी व्यवसायीहरूका अनुसार उर्जा लागत, जग्गा, श्रम लागत, व्याज दर, तरलता व्यवस्थापन, परियोजनाको वित्तिय एवं उत्पादन व्यवस्थापनमा कटौती आवश्यक रहेको छ ।कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले सरकार, निजी क्षेत्र सबैले औद्योगिक विकासको कुरा गरेपनि औद्योगिक विकास भने सोचे अनुसार हुन नसकेको बताए। अहिले पनि उद्योग गर्ने वातावरण मुुलुकभित्र बन्न नसकेको गुुनासो उनको थियो । नेपालको उत्पादन क्षमता पाकिस्तान पछाडि दक्षिण एशियामै अत्यन्त कमजोर रहेको भन्दै अध्यक्ष गोल्छाले कष्ट अफ डुुइङ विजनेश नघटाएसम्म सोचे अनुसारको औद्योगिक विकास नहुने बताए । उच्च आयातले मुुलुुकको आर्थिक विकासमा ठूलो समस्या परेको भन्दै अध्यक्ष गोल्छाले भ्यालुु एड गरेर सामान निर्यात गर्न नसकेसम्म यो समस्या रही रहने बताए । महासंघले नेट २०३० मार्फत मुुलुकभित्र पूजी वृद्धि, रोजगारी सृजना, व्यापार घाटा कम गर्ने उपाय सहितको भिजन पेपर सरकारलाई पेश गरेकाले उक्त भिजनलाई सफलरूपमा कार्यान्वयनमा सरकारको सहयोग खोजेको बताए । उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक विकासमा सरकारको तर्फबाट पूर्ण सहयोग रहेको भन्दै महासंघले अगाडि सारेको भिजन पेपरलाई सरकारले समेत अपनत्व लिई कार्यान्वयनमा जोड दिएको बताए । औद्योगिक क्षेत्रको विकास र त्यससंग सम्बन्धित नीति निर्माण गर्दा निजी क्षेत्रसंग सहकार्य हुनेमा विस्वस्त रहन पनि उनले निजी क्षेत्रलाई आग्रह गरे। औद्योगिक विकासमा सरकार पनि निजी क्षेत्र जत्तिकै चिन्तित भई निजी क्षेत्रलाई सहयोग गरीरहेको पनि उनले स्पष्ट पारे । तपाईहरूका समस्यालाई समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न उद्योग मन्त्रालय कहिल्यै पछि नपर्ने प्रतिवद्धता उनले बताए । सचिव पोखरेलले आफूसंग रहेका समस्यालाई मन्त्रालयमा ल्याउन उद्योगी व्यवसायीलाई आग्रह गर्दै आफै अग्रसर भएर सम्बोधन गर्ने विश्वास दिलाए । उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले हरेक कामलाई सहज बनाउन विभागलाई पूर्ण अटोमेसन लैजाने तयारी विभागका तर्फबाट भैरहेको जानकारी गराए । कार्यक्रममा सम्बोधन गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग मन्त्रालयलाई सरकारले कहिल्यै प्राथमिकतामा नराखेको आभास निजी क्षेत्रलाई भएको गुनासो गरे। कतिपय नीति नियमहरू विगतमा निजी क्षेत्रसंग छलफल नगरी बनाएकाले पनि अहिले समस्या आएको उनको धारणा थियो । कार्यक्रममा महासंघ उद्योग समितिका सभापति भरत आचार्यले कार्यपत्र प्रस्तुुत गर्दै लागत खर्च बढी, उर्जाको अभाव, महंगो जग्गा, उच्च श्रम लागत, उच्च कर उद्योग विकासका लागि प्रमुख बाधक रहेको स्पष्ट पारे । सभापति आचार्यले अव लागत न्यूनिकरण मार्फत औद्योगिकीकरणमा जोड दिनुुपर्ने सुुझाव दिए । कार्यक्रममा महासंघका कार्यकारिणी समितिका सदस्य, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, महासंघको वस्तुुगत संघका अध्यक्ष एवं पदाधिकारीहरू, सरकारी अधिकारीहरू, उद्यमी व्यवसायीहरूले आआफना गुनासा एवं समस्याहरू राखेका थिए । स्वदेशी उद्यम र उत्पादनः दिगो औद्योगिक पुनरूत्थान नारासहित सातौं राष्ट्रिय उद्योग दिवस आज मनाइदै छ ।

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयारः मुख्यमन्त्री

कृषि तथा औद्योगिक उत्पादनलाई सहज ढंगले उपभोक्ता समक्ष पु¥याउँदै आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने उद्देश्यले शनिबारबाट हेटौंडामा राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ ।