चैत २६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताका छन् ।
उनले औद्योगिक क्षेत्रका समस्याप्रति आफू पनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद् छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने पनि बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा शुक्रवार गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री बडूलाई शुक्रवार मन्त्रालयमा भेट गरी विभिन्न समस्याका बारेमा अववगत समेत गराएको छ ।
सो अवसरमा महासंघले तरलता अभाव, चर्को ब्याजदर, विद्युत् कटौती, इन्धनको चर्को मूल्य वृद्धिका कारण औद्योगिक व्यावसायिक लागत अत्यधिक बढेकाले निकास दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आग्रह गरेको छ ।
सो अवसरमा महासंघका तर्फबाट लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुसी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरिएको महासंघले बताएको छ ।