ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले किसानलाई तोरी पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका पाँचमध्ये तीनवटा वडाका किसानलाई सो मिल वितरण गरिएको हो ।
म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लागत घटाउन कृषि औजार वितरण गर्न थालेको छ । परम्परागत खेती प्रणालीमा लागत बढी लाग्ने र किसानलाई लाभ नहुने भएपछि गाउँपालिकाले किसानलाई मागमा आधारित कृषि औजार तथा उपकरण वितरण गर्न थालेको हो । गाउँपालिकाले आठ किसानलाई मिनिटेलर हलो, एक जनालाई कोदो चुट्ने मिल, चार जनालाई पिस्ने मिल […]
कास्की । कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ । चालू आर्थिक वर्ष २०७९/८० को बजेटबाट ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । महानगरले हाते ट्र्याक्टर २६१ थान, कम्बाइन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर १०८ थान, पावर स्प्रे ३० थान, तेल पेल्ने मेशिन ६ थान र ड्याङ बनाउने मेशिन २९ थान अनुदानमा उपलब्ध गराएको छ ।
कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । कृषिमा यन्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती उपकरण अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको हो । ‘किसानले गोरु पाल्न छाडे । परम्परागत रूपमा खेती लगाउँदा समय धेरै लाग्छ,’ महानगर प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौं । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।’ कृषिमा यन्त्रीकरण, व्यावसायिकीकरण र बजारीकरण गर्नुपर्नेमा आचार्यले जोड दिए । ‘कृषिमा यन्त्रीकरण गर्न सके लागत घट्छ, मुनाफा बढ्छ,’ उनले भने । रासस
विराटनगर । तत्कालीन बडा हाकिम जितबहादुर खत्रीले १९५० सालमा विराटनगरमा बजार बसाउन पसल खोल्ने वातावरण मिलाएपछि पहिलोपटक महेश भगत, रामलखन भगत र रौनियारका तीन घुम्ती पसल खुलेका थिए ।
त्यसअघि हालको बनसखण्डी मन्दिर रहेको ठाउँमा हटिया लाग्थ्यो । विराटनगरको किनबेचको पहिलो थलो पनि त्यही थियो । त्यसपछि जाउलाखेलका सिद्धिलाल हलुवाईले अहिलेको रंगेली रोडमा एउटा मिठाई पसल खोले । विराटनगर–१, पोखरियामा १९४२ सालतिर सरकारले जुट खरीद गरेर राख्ने गोदाम खोल्यो ।
स–साना पसलमा नुन तेल लगायत सामग्री विक्री गरिन्थ्यो । त्यसबेला भारतको फारबिसगञ्जसम्म रेल सेवा थियो । १९५४ सालमा मोरङको सदरमुकाम रंगेली बन्यो । १९४० को दशकमा भारतको कुशमाह हाट (बजार) बाट व्यापार, व्यवसायका लागि ५ परिवार मारवाडी विराटनगर प्रवेश गरे । त्यतिबेला सुगनलाल चाँदमल दुगड, छोगमल फत्तेचन्द सेठिया, वीजराज बनेचन्द नाहटा, रतनचन्द सुगनचन्द चौलखा र धनराज नेमचन्द पारख प्रवेश गरेका थिए ।
त्यतिबेला सरकारी गोलामा जम्मा भएको सनपाट बेचेर किसानलाई भुक्तानी गर्नुपथ्र्याे । तर, त्यो बेच्न भारतको कुशमाह बजार पुर्याुउनुपर्ने झन्झट थियो । सो झन्झटबाट मुक्त हुन र विराटनगरमै सनपाट खरीदविक्री गर्न सकियोस् भनेर तत्कालीन मोरङ बस्दोबस्त हाकिम सुब्बा कालिदास कोइराला र बजार अड्डा हाकिम सुब्बा गुञ्जमानले पाँच परिवार मारवाडीलाई नि:शुल्क जमीन उपलब्ध गराएर विराटनगरमा स्थायी बसोवासको व्यवस्था मिलाएका थिए ।
यी पाँच परिवारपछि १९५० सालमा चार परिवार, १९६० सालमा १३ परिवार मारवाडी विराटनगरमा व्यापार गर्न आए । रामलाल गोल्छा १९७८ सालमा विराटनगर आएका थिए । त्यतिबेला सनपाट र धान बयलगाडामा राखेर फारविसगञ्जसम्म पुर्या उनु पथ्र्याे । व्यापारी र समाजसेवीको अनुरोधमा १९६८ सालमा विराटनगरसँग सीमा जोडिएको भारतको जोगवनीसम्म रेल सेवा शुरू भयो । त्यसपछि जोगवनीबाट सहजै भारततर्फ जुट, धान र तोरी निकासी बढेको थियो ।
नेपालको पहिलो उद्योगको रूपमा विराटनगर जुटमिल १९९२ सालमा स्थापना भयो । तर, जुटमिल निर्माण गर्न निकै समय लागेकाले त्योभन्दा अघि जुटमिलकै दक्षिणपट्टि कृष्ण राइस मिल स्थापना भएर सञ्चालनमा आएको थियो । तत्कालीन कृष्ण (पछि गुहेश्वरी) राइस मिलको चिम्नीबाट धूँवाको मुस्लो निस्कने गरेको अग्रजहरू सम्झन्छन् । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला मोरङको व्यावसायिक इतिहासमा समेत सो उल्लेख छ । उक्त राइस मिल सञ्चालक मोतिलाल मारू थिए । उनै मारूलाई विराटनगरका पहिलो उद्योगपति मानिन्छ । तर, जुटमिल कम्पनी ऐनमा दर्ता नम्बर १ मा दर्ता भएको थियो ।
१९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्सेरको सवारी मोरङको हरैचामा भएको बेला पिताजी कृष्णप्रसाद कोइराला र उद्योगपति रामलाल गोल्छाले जुटमिल स्थापनाको लागि बिन्तीपत्र हालेपछि ५१ प्रतिशत नेपालको र ४९ प्रतिशत शेयर भारतको हुने गरी जुटमिल स्थापना भएको थियो ।
विराटनगर बजारको विस्तारसँगै मारवाडी समुदायको प्रवेशले यहाँको पुरानो प्रविधि पनि फेरिएको पाइन्छ । पहिले चामल ढिकीमा कुट्ने, तेल गोरु लगाएर कोलमा पेल्ने चलनमा पनि परिवर्तन आयो । तेल, जुट र राइस मिल खुलेपछि पुरानो प्रविधि हराएको थियो । तर, सो समयमा मुलुकका अन्य भागमा भने पुरानै प्रविधि कायम थियो ।
सदरमुकाम रंगेलीबाट विराटनगर सारेपछि विराटनगर बजारको विकासले तीव्रता पायो । विराटनगर जुटमिल स्थापनापछि उद्योग खुल्ने क्रम शुरू भएको हो । त्यसबेला नारायण रिजालको नारायण राइस मिल, रामलाल गोल्छाको जुट, चामल र स्टिलको व्यवसाय, तोलाराम दुगडको वैदेशिक व्यापार, कालुराम र मदनलाल अग्रवालको व्यापार, रामकिशन राठीका चामल मिल, बोहोरा परिवारको बिँडी उद्योग, सत्यनारायण धनावतको विविध व्यापार, पण्डित मेघराज शर्माको नेपाल साहित्य भण्डार प्रकाशन र पुस्तक पसल आदि खुलेका थिए ।
जनस्तरको पहिलो सहकारी
कम्पनी ऐन प्रारम्भ हुनुअघि जनस्तरबाट उद्योग र सहकारी खुल्न सकेका थिएनन् । तर, पिताजी कृष्णप्रसाद कोइराला, हनुमान दास, याकुब खाँ, किफाय तुल्ला र गणेश मल भन्सालीको संयुक्त लगानीमा विराटनगरको मेनरोडमा १९७४ सालमा ‘उद्योगी गोला’ खुलेको थियो । यो नै नेपालको पहिलो सहकारी थियो, जसले किसानलाई नुन, तेल, औषधि, मल, बीउ, कीटनाशक विषादी मगाएर सरल मोलमा दिने र किसानका उत्पादन पनि उचित मूल्यमा किनिदिने गर्थ्यो ।
गोलाको भित्तामा पिताजीका ‘आँट गर म पुर्याोउँछु’ भन्ने आदर्श वाक्य समेत लेखिएका थिए । देशमा खपत नहुने वस्तु विदेश पठाउने र किसानलाई आवश्यक पर्ने ऋण पनि दिने गरिन्थ्यो । १९७६ सालमा कृष्णप्रसाद कोइरालाको सर्वस्वहरण हुँदा गोला लिलाम भयो । कोइरालाले निर्वासनबाट फर्कंदा १९८६ सालमा भारतबाट विरमफुल धानको बीउ ल्याएर किसानलाई वितरण गरेका थिए ।
कस्तो थियो त्यो बेला विराटनगर ?
बुधहाट चोकबाट शनिहाटसम्म बाटोको दुवैतिर गोला र घरहरू थिए । बाटोभरि ठूला ठूला खाल्डा थिए । सनपाट, धान र तोरीको व्यापार हुन्थ्यो । व्यापार गर्न सबैले घोडा र बयलगाडा प्रयोग गर्थे । रामलाल गोल्छा पनि सनपाटको व्यापार गर्न घोडा चढेर हिँड्ने गरेको स्मरण गर्दै सुरेश शर्मा भन्छन्, ‘पछिसम्म पनि उहाँसँग घोडा भएको मलाई सम्झना छ ।’ सनपाट र धान निकासीबाट आएको रकमले तेस्रो मुलुकबाट स्टिल ल्याएर स्थापना गरिएको हुलास मेटल क्राफ्ट नै नेपालको पहिलो स्टिल उद्योग हो ।
शर्माका अनुसार विराटनगर जुटमिलमा त्यसबेला पनि टेलिफोन थियो । अहिलेको जैन भवन रहेको ठाउँमा विराटनगर जुटमिलको आफ्नै गोला थियो । त्यहाँ पनि एक लाइन टेलिफोन थियो । भारतको कलकत्तामा जुट, तोरी र धानको के भाउ छ भन्ने जानकारी पहिले जुटमिलको टेलिफोनमा आउँथ्यो । त्यसपछि गोलाबाट फोन गरेर बुझेपछि मात्र विराटनगरमा सनपाट, तोरी र धानको किनबेच हुन्थ्यो । जुटमिलको गोला भएको ठाउँमा सबैजसो व्यापारीको भीड लाग्थ्यो ।
नुन, तेल, औषधि, कपडा लगायत सामग्री भारतमा किनेर गोरुगाडामा ल्याउने चलन थियो । त्यतिबेला भन्सारमा ‘बासिन्दा’ र ‘चौसल्या’ भनेर दुईखाले भन्सार रेट थियो । पुर्जी पनि अलग अलग खाले काटिन्थे । नेपालमा स्थायी बसोबास भएकाहरू बासिन्दामा पर्थे र उनीहरूले पारि (भारत)बाट ल्याएको सामानको आधामात्र भन्सार तिर्नुपथ्र्याे । उता, चौसल्याले भने पूरै भन्सार तिरेर मात्र सामान ल्याउन पाउँथे । अहिले अतिथि सदन भएको ठाउँमा पहिले तेजरथ कोठी थियो । तत्कालीन ‘साहेवज्यू’हरूले सञ्चालन गरेको तेजारथ कोठीले बैंक र सहकारीले गर्ने काम गर्थ्यो । पछि १९९४ सालमा नेपाल बैंक लिमिटेड स्थापना भएपछि तेजारथ कोठी बन्द भएको थियो । १९९० सालअघि विराटनगरमा काठका घर मात्र थिए । त्यसपछि मात्र छिटफुट रूपमा पक्की घर निर्माण हुन थालेका हुन् ।
ऐतिहासिक खेल ‘फड्का’
विराटनगरको दु्रत आर्थिक विकाससँगै २००० सालदेखि यहाँका व्यापारी र उद्योगीबीचमा ‘फड्का’ अर्थात बाजी लगाउने खेल शुरू भएको पाइन्छ । फड्का खेल्न भारतका विभिन्न स्थानबाट ठूला व्यापारीसमेत आउने गरेको स्मरण गर्छन् पुराना उद्योगीहरू । त्यतिबेला पनि फड्कामा लाखौंको कारोबार हुने गरेको उनीहरूको भनाइ छ ।
आर्थिक आम्दानी निकै हुने भएपछि स्वाभाविक रूपमा मानिसले खर्च र मनोरञ्जन गर्ने स्थानको खोजी गर्छ । त्यसैको तलतल मेट्न शुरू भएको फड्का अहिलेसम्म कायम छ विराटनगरमा । अहिलेको जैन भवनमा त्यतिबेला साँझ परेपछि व्यापारीहरू भेला भएर फड्का खेल्थे । सयौं मन अन्न र जुटको मौखिक किनबेच हुन्थ्यो । अहिले सनपाटको मूल्य मनको सात आना छ, अबको ६ महीनापछि वैशाखमा कुन भाउमा बेच्ने भनेर पहिले नै दाम छिनेर राखिन्थ्यो । आर्थिक लेनदेन भने तत्कालै हुँदैनथ्यो ।
पछि वैशाखमा सनपाटको भाउ बढेको होस् कि घटेको होस्, किन्ने र बेच्नेले सोही भाउ स्वीकार्नुपर्थ्यो । त्यसरी नै फड्काको कारोबार हुन्थ्यो । अर्का, आज पानी पर्छ कि पर्दैन भनेर पनि बाजी राखिन्थ्यो । एक घन्टामा बाटोमा कति मान्छे हिँड्छन् ? जस्ता विषयमा पनि लाखौं रुपैयाँको फड्का हुने गर्छ । अहिले अतिथि सदन अगाडि फड्का खेलिन्छ । पहिलेको तुलनामा अहिले निकै कम फड्का खेलिए पनि ६० वर्षदेखि यो निरन्तर चलिरहेको छ । फड्काकै कारण कतिपय व्यापारी, व्यवसायीको उठिबास भएको र कति रातारात सम्पन्न भएको उदाहरण पनि विराटनगरमा रहेको जानकार बताउँछन् ।
सर्लाही । सलाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानले उखु काट्न थालेका हुन् ।
सरकारले उखुको समर्थन विक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपीलमुनि मैनालीले बताए । उनका अनुसार उखुको मूल्य निर्धारण गर्न भन्दै केही दिनअघि भएको त्रिपक्षीय छलफल विनानिष्कर्ष टुंगिएको र अहिलेसम्म उखुको मूल्य निर्धारण नभए पनि जिल्लाका उखु उत्पादक किसानले उखु काट्न थालेका हुन् ।
उखु उत्पादक किसानले क्रसिङ सिजनका लागि उखुको न्यूनतम मूल्य प्रति–क्विन्टल ६८० हुनुपर्ने भए पनि तत्कालका लागि ६४० मूल्य कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिएको थियो । यता उद्योगले भने सरकारल पछि निर्धारण गरेको मूल्यमा उखु उत्पादक किसानलाई भुक्तानी गर्नेगरी उखु क्रसिङको तयारी थालेको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए ।
मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगले यसै हप्तादेखि क्रसिङ गर्ने गरी उत्पादक किसानलाई धमाधम उखु कटाउने चलान पूर्जी वितरण गर्न थालिसकेका छन् । मूल्य निर्धारण भइनसकेकाले अगाडि नै उखु विक्री गर्दा पछि किसानलाई भुक्तानीमा समस्या पर्ने अगुवा किसान राजकुमार उप्रेतीले बताए ।
विभिन्न उखु उत्पादक किसान सम्बद्ध संघ–संगठनले यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ६८० रुपैयाँभन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने अडान लिएका छन् । पुसको १५ हुनै लाग्दा धेरै किसानको उखु खेतमा सुक्न थालिसकेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् । गएको वर्ष सरकारले उखुको प्रति–क्विन्टल मूल्य ५३६.५६ रुपैयाँ कायम गरेको थियो । त्यसमा उद्योगीले ४७१.२८ पैसा र सरकारले उखु किसानलाई अनुदानस्वरूप ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । जिल्लाको इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी सुगर मिल बगदहले क्रसिङ शुरू गरेका छन् भने अन्नपूर्ण चिनी उद्योग किसानको भुक्तानी गर्न नसकेर बन्द रहेको छ । रासस
पाल्पा : बगनासकाली गाउँपालिका–३ नायरनमलेसका किसानलाई कुटानी पिसानी मिल वितरण गरिएको छ। वडा कार्यालयले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा मिल वितरण गरेको वडाध्यक्ष टीका थापाले जानकारी दिए।थापा अनुसार मिल खरिदका लागि वडाले २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। कृषि उपज यान्त्रीकरण वितरण कार्यक्रमअन्तर्गत मिल वितरण गरिएको हो। एक थान मिल ४७ हजार रुपैयाँमा खरिद गरिएको थियो। मिल लगेका किसानले स्थानीयलाई १५ प्रतिशत छुटमा कुटानी पिसानी गर्नुपर्ने छ। धान, मकै, गहुँ, कोदो, फापर लगायतका मिलमा ह