मूल्य निर्धारण नहुँदै सर्लाहीमा उखु काट्न शुरू

सर्लाही । सलाहीका उखु उत्पादक किसानले उखुको मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदेबाली लगाउन ढिलो भएकाले उखुको मूल्य निर्धारण नहुँदै जिल्लाका किसानले उखु काट्न थालेका हुन् । सरकारले उखुको समर्थन विक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपीलमुनि मैनालीले बताए । उनका अनुसार उखुको मूल्य निर्धारण गर्न भन्दै केही दिनअघि भएको त्रिपक्षीय छलफल विनानिष्कर्ष टुंगिएको र अहिलेसम्म उखुको मूल्य निर्धारण नभए पनि जिल्लाका उखु उत्पादक किसानले उखु काट्न थालेका हुन् ।      उखु उत्पादक किसानले क्रसिङ सिजनका लागि उखुको न्यूनतम मूल्य प्रति–क्विन्टल ६८० हुनुपर्ने भए पनि तत्कालका लागि ६४० मूल्य कायम गरेर उद्योग सञ्चालन गर्न सुझाव दिएको थियो । यता उद्योगले भने सरकारल पछि निर्धारण गरेको मूल्यमा उखु उत्पादक किसानलाई भुक्तानी गर्नेगरी उखु क्रसिङको तयारी थालेको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । मूल्यमा सहमति जुट्न नसके पनि चिनी उद्योगले यसै हप्तादेखि क्रसिङ गर्ने गरी उत्पादक किसानलाई धमाधम उखु कटाउने चलान पूर्जी वितरण गर्न थालिसकेका छन् । मूल्य निर्धारण भइनसकेकाले अगाडि नै उखु विक्री गर्दा पछि किसानलाई भुक्तानीमा समस्या पर्ने अगुवा किसान राजकुमार उप्रेतीले बताए । विभिन्न उखु उत्पादक किसान सम्बद्ध संघ–संगठनले यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ६८० रुपैयाँभन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने अडान लिएका छन् । पुसको १५ हुनै लाग्दा धेरै किसानको उखु खेतमा सुक्न थालिसकेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् । गएको वर्ष सरकारले उखुको प्रति–क्विन्टल मूल्य ५३६.५६ रुपैयाँ कायम गरेको थियो । त्यसमा उद्योगीले ४७१.२८ पैसा र सरकारले उखु किसानलाई अनुदानस्वरूप ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । जिल्लाको इन्दुशंकर चिनी उद्योग हरिवन, महालक्ष्मी सुगर मिल बगदहले क्रसिङ शुरू गरेका छन् भने अन्नपूर्ण चिनी उद्योग किसानको भुक्तानी गर्न नसकेर बन्द रहेको छ । रासस

सम्बन्धित सामग्री

उखु किसानको दुःख : उचित मूल्य न सरकारी अनुदान

१८ मंसिर, काठमाडौं । शुक्रबार अबेर उखु उत्पादक किसान महासंघ सर्लाहीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पठाएको एक पत्र पुग्यो । उखुको बिक्री मूल्य निर्धारण सम्बन्धमा किसानसँग छलफल गर्न भन्दै आइतबारलाई डाकिएको बैठकमा सहभागी हुन पत्र आएपछि किसानको टोली आइतबार बिहानै काठमाडौं आइपुग्यो । ‘देशभरका किसानहरु यति बेला सरकारले मूल्य तोक्ला र उखु बिक्री गरौंला […]

मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्दै कृषक

सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले धमाधम उखु काट्न थालेका छन् । पुसको आधाआधी बितिसकेको र धेरै किसानको उखु खेतमा सुक्न थालेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् ।

मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्दै सर्लाहीका किसान

सर्लाही – सर्लाहीमा उखुको मुल्य निर्धारण नहुँदै किसानले धमाधम उखु काट्न थालेका छन् । खेतमा भएको उखु निकालेर हिउँदे बाली लगाउन ढिलो भइसकेकाले मूल्य निर्धारण नहुँदै उखु काट्न थालेको हरिपुरका उखु किसान विनोद साहले बताउनुभयो । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनाली भने सरकारले उखुको समर्थन बिक्री मूल्य निर्धारण नगरेसम्म हतार गरेर किसानले उखु काट्न नहुने बताउनुहुन्छ ।   उखुको मूल्य निर्धारण गर्न काठमाण्डाैमा केही दिनअघि भएको त्रिपक्षीय छलफल विना निष्कर्ष टुङ्गेपछि अहिलेसम्म उखुको मूल्य निर्धारण हुन ...