भदौ २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने एक घण्टाको अवधिमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २०९ ओटा कम्पनीहरु मध्ये उक्त कम्पनीको शेयरमा ३ लाख ७२ हजार ३५० कित्ता शेयर खरीद माग रहेको छ ।
यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८८ दशमलव ८० पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य सोमवार ४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको सोमवार तेस्रो कारोबार दिन हो ।