काठमाडौं : श्रीलकाको कोलम्बोमा सम्पन्न भएको साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ४-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको छ।समूह चरणमा भारतलाई ३-१ ले पराजित गरेको नेपाल फाइनलमा भने भारतविरुद्ध निरीह रहँदा भारतलाई पराजित गर्दै उपाधि जित्ने चाहनामा पुन ब्रेक लागेको छ।कोलम्बोको रेस कोर्स ग्राउन्डमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपालविरुद्ध भारतले समूह चरणको बदला लिने क्रममा सुरुवातबाटै रवाफिलो प्रदर्शन गरेको थियो। खेलमा १७ औँ मिनेटमा नै बोबी सिंहले गोल गर्दै भारतला