कविन र युनालले साफ यू-१७ च्याम्पियनसिप खेलाउने

१४ भदौ, काठमाडौं । फिफा रेफ्री कविन व्यन्जनकार र फिफा असिस्ट्यान्ट रेफ्री युनाल मल्लले श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप खेलाउने भएका छन् । दक्षिण एसियाली फुटबल महासंघ साफले नेपालबाट दुई रेफ्रीले प्रतियोगिता खेलाउने पुष्टी गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । साफ यू-१७ च्याम्पियनसिप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुँदैछ । प्रतियोगितामा […]

सम्बन्धित सामग्री

साफ यू-१७ च्याम्पियनसिप: नेपाली किशोरीको पहिलो जित

बंगलादेशको राजधानी ढाकामा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाली किशोरी टोलीले पहिलो जित हात पारेको छ। नेपालले आफ्नो दोस्रो खेलमा भुटानलाई ५-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो। ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सुरुवातबाटै हावी भएको नेपालले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल गरेको थियो। नेपालको जितमा […]

साफ यू–१७ च्याम्पियनसिप : भारत च्याम्पियन बन्दा नेपाल उपविजेतामै सीमित

श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

साफ यू–१७ च्याम्पियनसिपमा : नेपालको उपाधी यात्रामा भारतको तगारो

श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्यो । भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे …

साफ यू-१७ च्याम्पियनसिप : फाइनलमा नेपाल फेरि भारतसँग पराजित

२९ भदौ, काठमाडौं । साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ । श्रीलंकामा बुधबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ४-० ले पराजित भयो । भारतले नेपाल विरुद्ध समूह चरणमा बेहोरेको हारको बदला फाइनलमा लिँदै चौथो पटक उपाधि जितेको हो । चौथो पटक फाइनल पुगेको नेपाल चारै पटक फाइनलमा भारतसँग नै पराजित […]

साफ यू–१७ : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल आज बुधबार हुने भएको छ । नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार राति सवा ८ बजे सुरू हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो । […]

साफ यू–१७ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे […]

साफ यू-१७ च्याम्पियनसिप : नेपाल र भारत आज खेल्दै

२४ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले समूहको आफ्नो अन्तिम खेलमा भारतसँग खेल्दैछ । समूह ‘बी’ मा नेपाल र भारत दुवैले यसअघि भुटानलाई हराएर सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । दुबैले समान ३ अंक जोडेका छन् । त्यसैले नेपाल र भारतबीचको खेलले समूह विजेता र समूह उपविजेताको छिनोफानो गर्नेछ । […]

साफ यू–१७ : नेपाल र भारत भिड्दै

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरू हुनेछ । आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर […]

साफ यू–१७: आज नेपाल र भारत भिड्दै

काठमाडाैँ – श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। ३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित […]

साफ यू–१७ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।  कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालको जितमा उनेश बुढाथोकी र सीमान्त थापाले एक एक गोल गरे ।उता भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । नेपालका लागि खेलको १३ औं मिनेटमा उनेशले गोल गर्दै अग्रता दिलाए । ५७ औं मिनेटमा सिमान्तले गोल गर्दै नेपालको अग्रता दोब्बर पार्यो । खेलको ६८ औं मिनेटमा भुटानका दोर्जीले एक गोल फर्काए पनि ने