अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

सुर्खेत- अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ ।  सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्बुलेन्स रोकेर स्टेचरमा बिरामी राखेर बिरामी लिनुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घण्टा समय खर्चनु पर्ने बाध्यता छ । अहिले प्रयोग भइरहेको […]

सम्बन्धित सामग्री

नारायणगढ–बुटवल सडक समयमा निर्माण नहुँदा यात्रुलाई सास्ती, दुर्घटनाकाे जाेखिम

काठमाण्डाै - नारायणगढ–बुटवल सडक निर्माण समयमा नहुँदा यात्रुले सास्ती बेहोर्नु परेको छ । सडकका कारण यातायात व्यवसायी र गाडी चालक पनि हैरान भएका छन् । यो सडक खण्डमा दुर्घटना समेत हुने जोखिम बढेको छ । ठेकेदार कम्पनी जिम्मेवार नहुँदा र लापरबाही गर्ने ठेकेदारलाई कारबाही नहुने प्रवृत्तिका कारण यात्रुले सास्ती पाउँदै आएका छन्  । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको तोकिएको म्यादभित्र पूरा नभएपछि म्याद थप भएको छ । तर, म्याद थप भए पनि कामको गति उस्तै सुस्त रहेको छ। २०७५ साल चैत ८ गते नाराय...

घ्याम्पेसाल-ताकुकोट सडक निर्माण नहुँदा सास्ती

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र पुग्ने मुख्यसडक घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट खण्ड निर्माण नहुँदा नागरिकलाई सास्ती भएको छ । निर्माण सुरु भएको तीन वर्ष बढी भइसक्दा पनि सडक सम्पन्न नभएपछि आवागमनमा समस्या भएको हो । पूर्वाधार विकास कार्यालय गोरखा र ठेकेदार कम्पनीबीचको विसं २०७९ साउनसम्ममा निर्माण सम्पन्न गर्ने गरी विसं २०७७ साउन १४ गते सम्झौता भएको […]

स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ,२३ माघ । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् । राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुननसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ । सडक सञ्चालनमा आएको लामो समय भइसक्दा […]

बागलुङका सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती

बागलुङ । बागलुङका ग्रामीण सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती भएको छ । असारदेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि नियमित सञ्चालनमा आउन नसक्दा समस्या बढ्दै गएको स्थानीयले बताएका छन । वर्षाले क्षतविक्षत बनेका सडक दसैँ आउन लाग्दा पनि मर्मत गरीएको छैन् । तीन महिनादेखि बन्द सडक मर्मत नहुँदा स्थानीयवासी मर्कामा परेका छन् । […]

नाम मात्रैको मदनभण्डारी राजमार्ग, पुल नहुँदा सास्ती

गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घासदेखि सिमलटारी सडकखण्डमा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ।सदरमुकाम तम्घासदेखि सिमलटारीसम्म २८ किलोमिटर कालोपत्रे रहेको मदन भण्डारी राजमार्ग छ। राजमार्गका खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको मालिका गाउँपालिका–५ का सन्तोष महतराले गुनासो गरे।वर्षायाम र पानी पर्दा सो सडकबाट मोटरसाइकल लिएर जान नसकिने भन्दै राजमार्गको सडक छाडेर जोखिम मोलेर कच्ची सडक खोज्दै जान बाध्य भएको उनको भनाइ छ।  खोलाहरू बढ्दा ठुलठूला गाडी पनि बगाउने जस्तो

चार लेन सडकको बेहाल, यात्रुलाई सास्ती

कर्णाली प्रदेशभर एउटामात्र चार लेन सडक छ । प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाविट–बाङ्गेसिमल खण्डको उक्त सडक पनि समयमा मर्मत सम्भार नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ ।करिब १० किलोमिटरमा रहेको चार लेन सडकको ठाउँठाउँमा पिच उप्किएर बनेका खाल्डा र निर्माणाधीन पुलहरू समयमा सम्पन्न नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको हो । सडकका कारण सडकमा दैनिक सयौंको संख्यामा […]

चन्दननाथका हिलाम्य सडक सुधार नहुँदा सास्ती

जुम्लाको चन्दननाथ नगरपालिकाका हिलाम्य सडक अझै सुधार हुन सकेका छैनन् । स्थानीय सरकार सञ्चालनको चार वर्ष बितिसक्दा पनि जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाभित्रका हिलाम्य सडक सुधार हुन सकेका छैनन् ।नेपाल टेलिकम हँुदै सिंगाचौर जाने सडक, पत्रकार महासंघ हुँदै सिंगाचौर जाने सडक टेलिकम अगाडि विजयनगर हुँदै बसर्पाक जाने सडकलगायत चन्दननाथका भित्री सडक वर्षौदेखि हिलाम्य छन् भने चन्दननाथ […]

गुणस्तरीय काम नहुँदा ६ महिनामै भत्कियो सडक

तेह्रथुम जिल्लाको फेदान गाउँपालिकामा निर्माण भएको सिम्रागुफा–औंशीडाँडा सडक ६ महिना नबित्दै भत्किन थालेको छ । सडक निर्माणमा गुणस्तरीय काम नभएकाले सडक निर्माण भएको केही महिनामै भत्किन थालेको हो ।वर्षाैदेखि सडक निर्माण नहुँदा सास्ती भोग्दै आएका यहाँका नागरिक सडक निर्माणको कामले हर्षित बनेका थिए । बर्खामा हिलाम्यै र हिउँदमा धुलाम्यै हुने सडक निर्माणले नागरिकमा खुसी छाएको […]

सडक स्तरोन्नति नहुँदा सर्वसाधारणलाई सास्ती

सल्यान : सल्यानका ८३ वटै वडामा सडक पुगेको छ। हिउँदमा सबैतिर सवारी साधन चले पनि वर्षा याममा भने अधिकांश सडकमा सवारी साधन नचल्दा सर्वसाधरणहरु पैदल हिँड्न बाध्य छन्।वर्षाले मुख्य राजमार्गको रुपमा रहेको राप्ती लोकमार्गसहित सबै सडक बिगारेपछि स्थानीयवासीले सास्ती भोग्दै आइरहेका छन्। कतै खोलाले सडक कटान गरेको छ भने कतै पहिरोले सडक बगाएको छ।घर अगाडि सडक पुगे पनि पैदल हिँड्नु पर्ने बाध्यता रहेको स्थानीय रीमबहादुर बुढाले बताए। १८ वर्षअघि सल्लीबजार चौरजहारी सडकको ट्रयाक खुले पनि स्तरोन्नति नहुँदा समस्या भो

बेगखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

म्याग्दी : बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। वर्षा याममा खोलामा आउने बाढीका कारण दैनिकरुपमा सडक अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका छन्। २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा निरन्तर प्रभावित हुँदै आएको छ। चार वर्ष बितिसक्दा पनि कोरला नाकासँग जोडिएको कालीगण्डकी